रुरुक्षेत्र गाउँपालिकाले आफ्ना नागरिकको मोतियाबिन्दुको शल्यक्रिया नि:शुल्क गरिदिने



मङ्सिर ५ गुल्मी ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका नागरिकको मोतियाबिन्दुको शल्यक्रिया नि:शुल्क हुने भएको छ ।
आज रुरुक्षेत्र गाउँपालिका र नेपाल नेत्र ज्योति संघ गुल्मी बिच सम्झौता भए सङै अब रुरुक्षेत्र गाउँपालिकाका नागरिकले मोतियाविन्दुको शल्यक्रिया गर्दा कुनै शुल्क तिर्नु पर्ने छैन ।
गाउँपालिकाका नागरिकहरुको स्वास्थ्यमा ख्याल गर्दै शरीरको अत्यन्त संवेदनशील अंग आँखाको मोतियाविन्दुको नि:शुल्क शल्यक्रिया गर्ने निर्णय गरिएको अध्यक्ष यदु ज्ञवालीले बताए ।

सम्झौता पत्रमा गाउँपालिकाको तर्फ बाट प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे र जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र गुल्मीका कार्यालय प्रमुख सूर्य बहादुर बस्नेतले हस्ताक्षर गरेका छन् ।
नागरिकले उक्त सुविधाको लागि आफ्नो नागरिकताको फोटोकपी लिएर आँखा उपचार केन्द्र तम्घासमा जानुपर्ने छ ।
सम्झौता कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, उपाध्यक्ष मिनादेवी गौतम, नेपाल नेत्र ज्योति संघ गुल्मीका अध्यक्ष अखिलेश्वर पाण्डे, शेर बहादुर थापा, पदमप्रसाद पाण्डे, विर बहादुर कार्कीको उपस्थिती रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता