रामकुमारीको ऋण यो निर्वाचनमा काङ्ग्रेसले तिर्नु पर्छ : काङ्ग्रेस नेता सेन



असोज ३० गुल्मी ।
नेपाली काङ्ग्रेसका नेता तथा काङ्ग्रेसका समानुपातिक पदका उम्मेदवार त्रैलोक्य प्रतापसेनले रामकुमारी झाक्री जस्ता नेतृहरुले लगाएको ऋण काङ्ग्रेस लगायतका दलले यो निर्वाचनमा तिर्नु पर्ने बताएका छन् ।
आज धुर्कोट गाउँपालिका १ नयाँ गाउँको कुना खर्कमा भएको चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
रामकुमारी जस्ता नेतृहरुले गरेको बिद्रोहका कारण आज संविधान बचेको देशको व्यवस्था बचेको कारण गठबन्धन बाट साझा उम्मेदवार बनेकी राम कुमारीलाई मतदान गर्नु पर्ने बताए । साथै सेनले भने
” रामकुमारीकै कारण नेपाली काङ्ग्रेसले सत्ताको नेतृत्व गर्दै स्थानीय तहमा काङ्ग्रेसले गुल्मी लगायत देशभरनै शानदार जित हासिल गरेको कुरा उल्लेख गर्दै काङ्ग्रेसको अन्तिम प्रधानमन्त्री शेर बहादुर देउवा हो भनेर खिसिटिउरी गर्ने केपी ओलीलाई सबक सिकाएको उनले तर्क थियो ” ।
साथै नयाँ गाउँवासी सबैलाई गठबन्धनका उम्मेदवारलाई मतदान गर्न उनले आग्रह समेत गरेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता