रामकुमारीको उम्मेदवारी गुल्मी २ का महिला तथा जनजातिको लागि सुनौलो अवसर !



कात्तीक ६ गुल्मी ।

बाम लोकतान्त्रिक गठबन्धन बाट साझ उम्मेदवार बनेकी रामकुमारी झाँक्रीको उम्मेदवारी गुल्मी २ का महिला तथा जनजाति वर्गको लागि सुनौलो अवसर बनेको छ । २०४८ साल देखि यस क्षेत्रमा पुरुषहरु बिच मात्रै प्रतिस्पर्धा हुँदै आएको थियो ।
गुल्मी २ मा इतिहासमामै पहिलो पटक महिला एवम् जनजातिकि छोरी प्रत्यक्ष चुनाव लडदै छन् । यसले आम महिलाहरुको शिर उचो बनाएको रेसुङ्गा नगरपालिका -१ कि सीता घिमिरेको तर्क रहेको छ ।
मदाने गाउँपालिका ४ म्यालपोखरीमा जन्मेकी झाँक्री राजनीतिक क्षेत्रमा राष्ट्रिय स्तर सम्ममा दखल राख्ने नेतृका रुपमा परिचित छन् ।
उनको उम्मेदवारीले गुल्मी २ का महिलाहरु हौसिएका छन भने जनजातिहरुले गौरव गरेका छन ।
धुर्कोट गाउँपालिका ३ हाडहाडेकी कमला श्रिस भन्नू हुन्छ ‟  महिले रामकुमारी नानीलाई पहिलो पटक देखे तर देख्न र कुरा सुन्न साथ मलाई असाध्यै मन पर्यो अरु नेताले जस्तो धेरै नचाहिने गफ नि गर्नु भएन ठिक राम्रा राम्रा कुरा गर्नु भयो उहाँको कुरा विकासका योजना सुनेर म त छक्क परे “।
साथै श्रिसले थप्नु भयो ‟ जनजातिका छोरी चेली पनि त्यहाँ सम्म पुग्दो रहिछन् यस्तो मौका फेरि आउदैन उहाँलाई यसपालि जिताएर पठाउनु पर्छ “। रेसुङ्गगाकी सीता र धुर्कोटकी कमला त उदाहरण मात्रै हुन झाँक्रीको उम्मेदवारीले समग्र गुल्मी २ का महिला खुसी भएका छन् । आफ्नो प्रतिनिधित्व गर्ने पात्रालाई पहिलो पटक मतदान गर्ने पाएको मालिका गाउँपालिका ८ कि सपना जिसी बताउनु हुन्छ । राजनीतिमा आफुले आस्था गर्ने पार्टी हुन्छ तर यो पटक महिलानै प्रत्यक्ष रुपमा चुनाव लडेको र आफू पनि महिला भएको भएर सोच्ने बेला आएको जिसीको तर्क छ ।

गुल्मी २ मा रामकुमारी र एमाले सचीव गोकर्ण बिच प्रतिस्पर्धा हुँदै छ । कुनै समयका सहयोद्वा अहिले प्रतिद्वन्दीका रुपमा चुनावी मैदानमा उत्रिएका छन् ।
लामो समय सम्म गुल्मी २ बाट निर्वाचन जित्दै स्वच्छ छवि तथा विकास प्रेमी नेताका रुपमा आफुलाई परिचीत गराएका विष्टका लागि यो पटक झाँक्री चुनौतीका रुपमा खडा भएकी छन् ।
झाँक्रीलाई गठबन्धनले बलियो साथ दिए पछि चुनाव जित्ने उच्च मनोबलका साथ चुनावी प्रचारमा होमीएकी छन् ।
त्यस्तै उनले चुनावी प्रचार प्रसार तथा घरदैलो अभियानमा पनि महिलाको लागि आफुले विशेष काम गर्ने वचन दिदै मत मागेकी छन् ।
आफू पनि महिला भएका कारण महिलाका समस्याहरुको समाधान गर्ने तर्फ आफू सदैब लाग्ने प्रतिबद्धता समेत जाहेर गरेकी छन् ।
गुल्मी २ को समग्र भौतिक विकास संगै महिलाहरूलाई सिपमुलक कार्यमा अग्रसर बनाएर आय आर्जनका क्रियाकलापमा जोड्ने आफ्नो मुख्य काम हुने उनको तर्क छ ।

 

को बलियो गठबन्धनकी एमाले ?

भर्खर सम्पन्न भएको स्थानीय तहको निर्वाचनको वडा अध्यक्षको मत परिणाम हेर्ने हो भने एमालेको भन्दा गठबन्धनको मात्रै एक हजार पाँच सय चार मत धेरै छ । एमालेको ३० हजार आठ सय ७२ मत हुदाँ गठबन्धनको ३२ हजार तीन सय ७६ रहेको छ । तर यसलाई सहि ढंगले विष्लेषण गर्दा एमाले भन्दा गठबन्धन झण्डै पाँच हजार मतले अगाडी रहेको आँकलन गरिएको छ । किनकी माओवादीको बलियो जनाधार रहेको धुर्कोटमा एमाले संग तालमेल भएको थियो ।
माओवादीले पाएको वडा नम्वर एक र चारमा माओवादीका उम्मेदारले सुर्य चिन्ह लिएर चुनाव लडेका थिए त्यसकारण पनि सुर्य चिन्नहको मत अलि धेरै देखीएको गठबन्धनका नेताहरु बताउछन् ।
धुर्कोट माओवादीको पकट क्षेत्रका रुपमा मानिन्छ । एक हजार दुइ सय २१ जना पार्टी सदस्य रहेको धुर्कोटमा, चर्चीत युवा नेता तथा त्यहाँका गाउँपालिका अध्यक्ष भुपाल पोख्रेललको छुट्टै प्रभाव छ यसले गर्दा पनि गठबन्धनलाई थप बल पुराएको छ ।
झाँक्री र विष्ट दुवै ईतिहास रच्ने दाउमा छन् पहिलो पटक प्रत्यक्ष उम्मेदार बनेकी झाँक्रीले गुल्मी २ बाट निवार्चन जितेर इतिहास रच्ने दाउमा छिन् भने एमालेका उम्मेदार विष्ट पनि लगातार तीन पटक निवार्चन जितेर ह्याट्रीक गर्दै इतिहास रच्ने दाउमा छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता