युवा संघका अध्यक्ष लगायतका नेताहरू गठबन्धनमा प्रवेश



गुल्मी । गुल्मीमा नेकपा एमालेनिकट युवाहरूकाे संगठनका अध्यक्ष नै गठबन्धनमा प्रवेश गरेका छन् । युवा संघ, धुर्काेट गाउँपालिका -६ रजस्थलका अध्यक्ष रमेश केसी लगायतका नेताहरू गठबन्धनमा प्रवेश गरेका छन् । बिहीबार नेकपा माअाेवादी केन्द्रका गुल्मी जिल्ला संयाेजक एवम् गुल्मी क्षेत्र नम्बर २ `ख´ का उम्मेदवार बुद्धि जिसीले उनीहरूलाई गठबन्धनमा प्रवेश गराएका हुन् । त्यस्तै नेकपा एमाले वडा कमिटी सदस्य माेति बहादुर केसी, राजु जिसी, भेष बहादुर केसी, राम बहादुर सेजाल, सुनिता विक, गुन बहादुर विक, युवा संघका गाउँ कमिटी सदस्य पदम भण्डारी लगायतका नेताहरू पनि गठबन्धनमै समाहित भएका छन् । एमालेले सधै विकासकाे प्रलाेभन देखाउने तर कहिल्यै पूरा नगर्ने गरेका कारण विकास र समृद्धिका लागि गठबन्धनमा प्रवेश गरेकाे केसीले बताए । साथै आगामी मंसिर ४ हुन गइरहेकाे निर्वाचनमा गठबन्धनलाई भारी मतले विजयी गराउन लागिपर्ने बताए । कार्यक्रममा बाेल्दै जिसीले समाज रूपान्तरणको यात्रामा सँगै रहने प्रतिक्रिया दिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता