मुसिकोटका जनताको शिर सधैं ठाडो राख्ने छौ :श्रीराम महत



बैशाख २२ गुल्मी ।

मुसिकोट नगरपालिकाका उपप्रमुख पदका उम्मेदवार श्रीराम महतले यहाँका जनताको शिर सधैं ठाडो राख्ने गरि काम गर्ने वताएका छन । पाँच दलिय गठबन्धन निर्वाचन परिचालन समिति मुसिकोट १ पौदीअमराईले आयोजना गरेको चुनावी सभामा आफ्नो प्रतिवद्वता राख्दै उपप्रमुख पदका उम्मेदवार महतले उक्त कुरा वताएका हुन ।

म मुसिकोटका जनताका मतको सधै सम्मान गरेर तपाईंहरुका दैनिकी वदल्ने गरि काम गर्नेछु महतले भने “लामो समयदेखि तपाईहरुले विभिन्न व्यक्तिहरुलाई निर्वाचनमा भोट दिएर विजयी वनाउनुभयो तर यहाँका जनताको जिवनस्तर भने कहिल्यै माथी उठन सकेन । उनले मुसिकोटका आम जनताले मेरो भोटले निर्वाचित जनप्रतिनिधिले सधै राम्रो काम गरेको छ भन्ने गरि काम गर्ने समेत दावी गरे ।

नमुना मुसिकोट नगरपालिका वनाउने आफ्नो योजना छिट्टै पूरा हुनेमा पनि महत ढुक्क भएको वताए । लामो समयदेखि मुसिकोटलाई कसरी नमुना र समृद्ध वनाउन सकिन्छ भनेर देखेको सपना पूरा गर्ने अवसर मुसिकोटका जनताले प्रदान गर्ने महतको भनाइ रहेको छ । उपप्रमुख पदमा मत माग्दै उनले मुसिकोट नगरवासीहरुको जिवनस्तर कसरी माथि उकास्ने र मुसिकोटलाई नमुना र समृद्ध नगरपालिका वनाउने स्पष्ट खाका आफुसगँ रहेकाले पनि यहाँका जनताले साझा गठबन्धनका उम्मेदवारहरु विजयी हुनेमा कुनै शंका नभएको वताए ।

गुल्मेली युवाहरुका ढुकढुकि वढेका नेता महतले निर्वाचनमा प्रमुख पदमा रुख र उपप्रमुखमा आफुलाई कलम चिन्हमा मतदान गर्न अपिल गरे । चुनावी कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सचिव रामकुमारी झाँक्री,नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र केसी,नेताहरु भुवान प्रसाद श्रेष्ठ ,वुद्वी जिसि लगायतका नेताहरू समेतले सम्बोधन गर्दै साझ गठबन्धनका उम्मेदवारहरुलाई मत मागेका थिए ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता