मालिका -५ छापहिलेमा उपभोक्ता समितिलाई प्रशिक्षण 



पुस ८ गुल्मी ।

गुल्मी । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयले उपभोक्ता समितिलाई प्रशिक्षण दिएको छ । वडा नम्बर ५ काे छापहिलेमा वडा कार्यालयले वडामा विभिन्न काम गर्न गठन भएका उपभोक्त समितिलाई प्रशिक्षण दिएको हाे ।

उपभोक्ता समितले पारदर्शी तरिकाले काम गर्ने, बिल भरपाइ बनाउने, अनुसुचि फारम, भुक्तानी माग लगायतका बिषयमा र उपभोक्ता समितिले त्यहाँका जनताकाे उपस्थितिमा काम गर्ने बिषयहरुमा प्रशिक्षण भएको वडा अध्यक्ष रेखा कुमार जिसिले बताए ।

उनले वडामा हुने हरेक कामहरुमा सबै जनताले जानकारी लिन पाउँने भएकाले वडाका हरेक काम सकेर उपभोक्ता समितिले त्यहाँका उपभोक्तालाई भेला पारेर खर्च सार्वजनिक गरेर मात्र बिल भरपाइ पास गर्नुपर्ने बताए ।

वडा अध्यक्ष जिसिले वडामा गठन भएका उपभोक्ता समितिले सहि काम गरे गरेनन् भनेर अनुगमन त्यहाँका उपभोक्ताले पनि गर्नुपर्ने र गलत काम गरेको भेटिए वडामा खबर गर्न उनले आग्रह गरे ।

प्रशिक्षण कार्यक्रममा गाउँपालिका साहेक पाचौं गाेपाल सेनले उपभोक्ता समितिले काम गर्दा माइन्ट र बिल भरपाइहरु यथार्थ बनाउँनु पर्ने बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता