मालिका रनिङ शिल्ड: ६ स्थानीय तहका २८ टिम बीच ३५ हजार राशीको भलिबल प्रतियोगिता !



माघ २९ गुल्मी ।
मालिका गाउँपालिका गुल्मीले आयोजना गरेको मालिका रनिङ शिल्डमा गाउँपालिका संघ सिमा जोडिएका ६ स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी  बीच भलिबल प्रतियोगिता हुने भएको छ ।
गुल्मीका चार स्थानीय तह सहित छिमेकी जिल्ला बागलुङ र प्युठानका समेत एक /एक स्थानीय तहका एक/एक समुहको सहभागीता रहने गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले बताए ।
प्रतियोगितामा आयोजक मालिका गाउँपालिका सहित ,मदाने,धुर्कोट,इस्मा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको सहभागीता रहने गाउँपालिकाका सूचना प्रविधि अधिकृत जगत पौडेलले बताए

। त्यस्तै बागलुङको बडिगाड गाउँपालिका र प्युठानको गौमुखे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सहभागी हुने अधिकृत पौडेलले उल्लेख गरे ।

प्रतियोगितामा मालिका गाउँपालिका भित्रका प्रत्येक वडा बाट एक /एक समूह र प्रत्येक वडा बाट शिक्षण संस्थाका ८ समुह सहित कुल २८ समुहको सहभागीता रहने छ ।
प्रतियोगितामा जनप्रतिनिधि ,कर्मचारी ,वडाको समूह र शिक्षकहरुको एक /एक समूह अन्तिम चारमा प्रवेश गर्ने छन ।

प्रतियोगिताले स्थानीय तहबिचको अन्तर सम्बन्ध र आत्मीयतलाई वृद्धि गर्नुका साथै जनप्रतिनिधि तथा कर्मचारीहरुको एकता संदेश दिने प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताए ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु. ३५,०००, मालिका रनिङ्ग शिल्ड, ट्रफि,मेडल र प्रमाण पत्र ,
द्वितीय हुनेले नगद रु. २५,०००, ट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गर्दा तृतिय हुनेले नगद रु. १५,०००, ट्रफि,मेडल र प्रमाण पत्र र सान्त्वना हुनेले नगद रु. १०,०००, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मालिका गाउँपालिकाले जानकारी दिएको छ ।
प्रतियोगिता फागुन १ देखि ३ गते सम्म चल्ने शिक्षा शाखा प्रमुख सुरज जिसीले जानकारी दिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता