मालिका मन्दिर सम्म सिँढी निमार्णको कार्य थालनी




डि.बि खड्का गुल्मी ।
गुल्मीको प्रसिद्ध धार्मिक स्थल मालिका मन्दिर प्रति मालिका गाउँ पालिकाले चासो देखाएको छ । मालिका मन्दिरको पर्यटन प्रवद्धर्नको लागी सिँढी निर्माण गर्न थालिएको मालिका गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले बताए ।
निमार्ण थालनी गरिको सिँढी ः तस्वीर सुमन पन्थी ।
आर्थिक वर्ष २०७५।७६ बाट दश लाख रकम विनियोजित गरी २७५ मिटर मालिका पर्यटन प्रवर्द्धन मार्ग  निर्माण गरिएको हो  ।  यो आर्थिक वर्ष पनि तीस लाख रकम विनियोनज गरिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले उल्लेख गरे । अर्खबाङको ठुलचौर देखी निर्माण गर्न थालिएको मालिका पर्यटन प्रवर्द्धन मार्गले पर्यटन प्रवद्र्धनमा सहयोग मिल्ने गाउँपालिकाको भनाई रहेको छ ।   निकै धार्मिक विश्वास रहेको मालिका मन्दिरमा वैशाखको पूर्णिमा (उभौली पर्वको दिन) र असोज महिनाको पूर्णिमा (कोजाग्रत पूर्णिमामा ) काली पाठीको बली दिने गरिन्छ । मन्दिरको दर्शन तथा बली दिनको लागी गुल्मी,पाल्पा , खर्घखाँची,प्युठान,दाङ तथा बागलुङ बाट समेत दर्शनाथीहरु आउने गर्दछन् ।  सिँढी निर्माण कार्यले आम गाउँ पालिकामा खुसी छाएको र आगमि दिनमा आन्तरिक,बाह्य पर्यटक सँगै दशनार्थीहरु को सङख्या वृद्धी हुनेमा मालिका गाउँ पालिका आशा वादी रहेको छ । प्रसिद्ध धार्मिक स्थल मालिका मन्दिर सम्म पुग्ने सहज मार्ग नहुँदा आन्तरिक तथा बाह्य पर्यटक सँगै दशानार्थीहरुले विभिन्न किसिमका समस्याहरू जेल्दै आएका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता