मालिका गाउँपालिकामा अनलाइन प्रणालीबाट राजश्व संकलन सुरु



११ साउन, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले अनलाइन प्रणालीको माध्यमबाट राजश्व संकलन गर्न सुरु गरेको छ ।

गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार आर्थिक वर्ष २०७७/०७८ मा सफ्टवेयर खरिद तथा जडान गरि यस आर्थिक वर्षबाट सञ्चालनमा ल्याइएको हो। साथै, यस सप्टवेयरको बारेमा सबै वडाका राजस्व हेर्ने कर्मचारीलाई तालिम समेत प्रदान गरिएको गाउँपालिका सुचना अधिकृत जगत पौडेलले जानकारी दिए ।

यो प्रणालीबाट राजस्व संकलन गर्दा सहजता र पारदर्शिता हुने गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष शोभाखर गिरीले बताए ।

यस प्रणाली सञ्चालनमा आएसँगै गाउँपालिका भित्रको राजश्व संकलन र व्यवस्थापनमा सहज हुने, राजश्व तथा करदाताहरुको अभिलेखिकरण गर्न सहज भई आन्तरिक आम्दानीको लक्ष्य पुरा गर्न सहज हुने सुचना अधिकृत जगत पौडेलले दाबी गरे ।

यस प्रणालीबाट गाउँपालिकाको आर्थिक ऐन बमोजिमका सम्पूर्ण राजश्व तथा कर अशुलि गर्न सकिने गाउँपालिकाकाले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता