मालिका गाउँपालिकाको लोगो (प्रतिक चिन्ह) सार्वजनिक



⊄साउन १८ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाले आफ्नो लोगो (प्रतिक चिन्ह ) सार्वजनिक गरेको छ ।
बिहिवार गाउँपालिकाले एक सूचना जारी गर्दै आफ्नो लोगो (प्रतिक चिन्ह ) सार्वजनिक गरेको हो ।
मालिका गाउँपालिकाको पहिचान ,भू -गोल,कला सस्कृती , धार्मिक तथा पर्यटकीय स्थल,रीतिरिवाज , चालचलन सङै समग्र क्षेत्रलाई समटेर लोगो निर्माण गर्न गाउँपालिकाले ०७९ फागुन २८ गते सूचना जारी गरि आह्वान गरेको थियो ।
जहाँ नेपालका विभिन्न स्थान बाट १५ जनाले लोगो निर्माण गरि पेस गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताए ।
ती मध्ये उत्कृष्ट तीन वटा लोगोलाई पुनः परिमार्जन गरि पेस गर्न गाउँपालिकाले आग्रह गरेको थियो ।
पुनः पेस भएका लोगो मध्य मालिका गाउँपालिका ६ अर्जै निवासी घनश्याम पराजुलीले निर्माण गरेको लोगोलाई मुल्यांकन समितिले छनोट गरेको गाउँपालिकाका सूचना प्रविधि अधिकृत जगत पौडेलले बताए ।
पराजुलीले गाउँपालिकाले तोकेको मापदण्ड अनुसार सबै क्षेत्रलाई समेटेर लोगो निर्माण गरेको गाउँपालिकाले जनाएको छ ।
उत्कृष्ट लोगो निर्माण गरेका पराजुलीलाई मालिका गाउँपालिकाले नगद २५ हजार पुरस्कार प्रदान गर्नेछ ।

हेर्नुहोस (प्रतिक चिन्ह) लोगो 

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता