मालिका गाउँपालिकाका स्वास्थ्य संस्थाको वार्षीक प्रगति समिक्षा गोष्ठी सम्पन्न



असोज -५ गुल्मी ।

मालिका गाउँपालिकाका स्वास्थ्य संस्थाको वार्षीक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा प्रवाह गरेका सेवा सुविधा तथा स्वास्थ्य चौकीको अबस्थाको बारेमा समिक्षा गरिएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए ।
तीन वर्षको अवधिमा भएका कार्यको तथ्यगत समिक्षा गर्दै आगमी रणनीति तयार गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त भुसालले बताए ।

गाउँपालिकाले सेवा प्रवाह गरेका स्वास्थ्य सेवाहरु मध्ये खोप केन्द्र थप व्यवस्थीत गर्ने , शिविरहरु प्रभावकारी बनाउने र सरुवा रोग नियन्त्रणको लागी कसरी अगाडी बढ्ने भन्ने विषयमा समेत छलफल गरिएको छ । साथै गाउँपालिकाले घोषणा गर्ने लागेको जिरो होम डेलीभरीको कार्यक्रमलाई कसरी दीर्घकालीन बनाउने भन्ने विषमा पनि व्यापक छलफल गरिएको बताईएको छ ।

स्वास्थ्य समिक्षा गोष्ठी कार्यक्रममा गाउँपालिका भित्र रहेका आठै वटा वडाका स्वास्थ्य चौकी प्रमुखहरु आफ्ना स्वास्थ्य संस्थाका वार्षीक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता