मालिका गाउँपलिकाका ३ सय ३६ जना ज्येष्ठ नागरिकले लगाए कोरोना विरुद्धको खोप



जेठ २६ गुल्मी । गुल्मीको मालिका गाउँपालिकाका ३ सय ३६ जना जेष्ठ नागरिकले कोरोना विरुद्धको (भेरोशेल)खोप लगाएका छन् ।

गाउँपालिकाका आठै वटा वडाका ६२ देखि ६४ वर्ष उमेर समुहका ३ सय ३६ जना जेष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाएका हुन् ।

जसमा महिला १ सय ६२ र पुरुष १ सय ७४ जना रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्तराज भुसालले जानकारी दिए ।

भुसालका अनुसार वडा नम्बर एकका ३५, वडा नम्बर दुईका ५६ , वडा नम्बर तीनका ३३, वडा नम्बर चारका ३३ , वडा नम्बर पाँचका २५,वडा नम्बर छ का ३८, वडा नम्बर सातका ५६ र वडा नम्बर आठका ६० जना नागरिकले खोप लगाएका हुन् ।

गाउँपालिकालाई प्राप्त ३ सय ६० डोज भेलोरेल खोप अन्तर्गत मंगलबार ३ सय ३६ जनाले खोप लगाएका हुन् । बाँकी रहेको २४ डोज खोप आज पुनः लक्षित समुहलाई लगाईनेछ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता