मालिकामा गठबन्धन बिच भागबन्डा मिल्यो !



 चैत २२ गुल्मी ।
मालिका गाउँपालिकामा सत्तारुढ दलबीच गठबन्धन गर्ने सहमति सङै भागबन्डा समेत मिलेको छ । गाउँपालिका अध्यक्ष सहित दुई वटा वडा अध्यक्ष माओवादीको भागमा परेका छन भने उपाध्यक्ष सहित ६ वटा वडा काङ्ग्रेसको भागमा परेको बताईएको छ ।  त्यस्तै एकीकृत समाजवादीलाई समेट्न गरी समानजनक ढंगले उमेदवारको टुंगो  लगाउने बताईएको छ।
गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नेता देवीराम अर्यालको पक्कापक्की जस्तै भएको छ भने काङ्ग्रेसले उपाध्यक्षमा टुंगो लगाउन सकेको छैन । त्यस्तै वडा नम्बर आठ र तीनमा माओवादी केन्द्रले वडा अध्यक्ष पाएको छ भने अन्य वडामा काङ्ग्रेसले वडा अध्यक्ष पाएको छ ।
मालिका ८ बाट वडा अध्यक्षमा सुर्य बहादुर जिसी वडा अध्यक्षको उम्मेदवार बन्ने पक्का भएको छ ।भने सदस्यमा सबै पाटीलाई मिलाएर लैजाने नेकपा एकीकृत समाजवादीका वडा अध्यक्ष सागर गिरीले बताए । आजै गठबन्धनले मालिका ४ अर्खाबाङमा गठबन्धनको चुनावी घोषणा कार्यक्रमको आयोजना गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता