मालिकाको ६१ औं वार्षिकोत्सब सकियो : शैक्षिक गुणस्तरमा थप उर्जा थपिने विद्यालयको ठहर !



गुल्मीको मालिका गाउँपालिका ८ स्थित मालिका माद्यमिक विद्यालयको ६१ औं वार्षिकोत्सब विविध कार्यक्रमका बिच हर्ष उल्लासका साथ सकिएको छ ।

कुशल व्यवस्थापन,प्रविधि मैत्री शिक्षा र सरोकारवालाहरुको अप्ननत्व सहितको नमूना विद्यालय भन्ने मुल नाराका साथ तिन दिनसम्म चलेको वार्षिकोत्सबमा विविध खेलकुद कार्यक्रम सगैं सास्कृतिक कार्यक्रमहरु आयोजना गरिएको थियो ।

६१ औं वार्षिकोत्सबको अवसरमा अन्तर मावि स्तरीय भलिबल प्रतियोगीता , छिमेकी विद्यालयबिच हाजिरी जबाफ प्रतियोगीता , नृत्य प्रतियोगीता साथै अन्तरसदनात्मक विविध खेलकुद कार्यक्रम आयोजना गरिएको थियो । प्रतियोगितामा प्रथम, दोस्रो ,तेस्रो हुनेलाई प्रमाणपत्र सहित पुरस्कर प्रदान गरिको छ ।

शुक्रवार समापन कार्यक्रमलाई मालिका गाउँपालिकाका अध्यक्ष रित बहादुरले सम्बोधन गरेका हुन । सम्बोधन गर्दै अध्यक्ष थापाले यस विद्यालयले धेरै चुनौती पार गर्दै उल्लेखनीय प्रगति गरेको बताउनुभयो । साथै अध्यक्ष थापाले विगत स्मरण गर्दै भन्नुभयो म कुनै समय यसै विद्यालयको विद्यार्थी थिए ।

यस विद्यालयको भुत पुर्व विद्यार्थी हु भन्दा आफुलाई गौरव लाग्ने उल्लेख गर्नुभयो । साथै शिक्षकहरु समाज रुपान्तरणका मेरुदण्ड भएको बताउदै आफ्नै भुमिका इमानदार सङ निर्वाह गर्न आग्रह समेत गर्नुभएको ।

त्यस्तै सामाजिक विकास समितिका संयोजक तथा गाउँपालिकाका प्रवक्ता शोभा गिरिले विद्यालयको वार्षिकोत्सबको नारा जस्तै काम पनि त्यस्तै गर्न उल्लेख गर्नुभयो । साथै विद्यालयको आवश्यकता तथा अवस्था अनुसार गाउँपालिकाले सक्दो सहयोग गर्न प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

पुर्व प्रधानाध्यापक विनोद श्रेष्ठ,पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य बहादुर जिसि, मालिका गाउँपालिका शिक्षा अधिकृत तुल्सिराम न्यौपाने , वडा अध्यक्ष टिका बहादुर जिसि, गाउँ शिक्षा समितिका संयोजक शोभाखर गिरि त्यस्तै अक्षयकोष दाता सन्तोष लम्साल र चुरामणी अर्यालले कार्यक्रममा मतब्य राख्नु भएको थियो ।

भने विद्यालयका प्रधानाध्यापक हेमराज पौडेलले विद्यालयको एक करोड ६८ लाख ५५ हजार चार ९४ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । वार्षिकोत्सबको अवसरमा २ जना पुर्व प्रधानाध्यापक र ९ जना पुर्व शिक्षकलाई मायाको चिनो र सम्मान पत्रले सम्मान गरिएको छ ।

त्यस्तै विद्यालयमा अध्ययनरत ६५ जना विद्यार्थीलाई जेहेन्दार ,अपांग विद्यार्थीलाई प्रोत्साहन स्वरुप ७८ हजार रकम बराबरको छात्रवृत्ति वितरण गरिएको छ । वार्षिकोत्सबले विद्यालयको हरेक गतिविधिलाई सकृय पार्ना मद्दत पुराउने सहभागी अतिथिले प्रतिक्रिया दिएका छन । विद्यालयका सहायक प्रधानाध्यापक खिम बिक्रम जिसिको स्वागत मतब्य विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला अर्यालाको अध्यक्षता तथा शिक्षक कृष्ण प्रसाद अर्यालको सञ्चालनमा सम्पन्न भएको हो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता