मालिकाको दर्लिङ्गमा भलिबल ,सोरठी , एकल नृत्य देखि ब्याडमिन्टन प्रतियोगिता हुँदै !



मङ्सिर ४ गुल्मी ।
मालिका गाउँपालिका २ दर्लिङ्ग स्थित तुल्सी स्मृति क्लबले आफ्नो १५ औं वार्षिक उत्सवको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ ।
मङ्सिर ५ , ६ र ७ गते तिन दिन क्लबले स्थानीय तहको वडा स्तरीय भलिबल प्रतियोगिता ,सोरठी तथा भैलो नाच ,एकल नृत्य र ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको कार्यक्रम संयोजक मनोज घर्तीले जानकारी दिए ।
भलिबल तर्फ प्रथम हुनेले ३१ हजार र द्वितीय हुनेले २१ हजार सहित मेडल ,प्रमाणपत्र र ट्रफी पाउनेछन ।
त्यस्तै भैलो नाच तर्फ प्रथम,द्वितीय ,तृतीय र सान्त्वना हुनेले क्रमशः १२ हजार,१० हजार ,८ हजार र ६ हजार प्राप्त गर्नेछन । त्यस्तै एकल नृत्यमा प्रथम ,द्वितीय ,तृतीय र सान्त्वना हुनेले क्रमशः चार ,तीन दुई र एक हजार पाउनेछन ।
त्यस्तै मालिका गाउँपालिका भित्रकाले मात्रै सहभागी हुन पाउने ब्याडमिन्टन खेलमा प्रथम हुनेले आठ हजार र द्वितीय हुनेले ६ हजार सहित मेडल प्रमाणपत्र पाउने क्लबका पुर्व अध्यक्ष दिपेन्द्र घर्तीले जानकारी दिए ।
भलिबल खेल र खेलाडीको प्रोत्साहन संगै स्थानीय कला संस्कृतिको जगेर्नाको लागि तुल्सी स्मृति क्लबले हरेक वर्ष यस्ता प्रतियोगिता गर्दै आएको छ ।
यो वर्ष पनि विशेष आयोजना गरिएको सम्पुर्ण प्रतियोगिताको तयारी पूरा भएको क्लबले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता