माओवादी केन्द्र मालिका गाउँपालिका द्वारा पदाधिकारीमा व्यापक हेरफेर



असोज ५ गुल्मी ।

नेकपा माओवादी केन्द्र मालिका गाउँ कमिटि गुल्मीको पुर्ण बैठक तथा विशेष भेला सम्पन्न भएको छ । भेलाले नेताहरू जिम्मेवारीमा हेरफेर गरेको छ ।
गत मङ्सिर ११ गते दोस्रो पालिका सम्मेलन बाट नयाँ नेतृत्व चुनिए पनि पछि प्रदेश ,क्षेत्रीय तथा जिल्ला सङै प्रदेशको सम्मेलन सकिदा सम्म एउटै व्यक्ति पार्टी भित्र धेरै पदमा रहेको र स्थानीय तहको निर्वाचन पछि पार्टीका जिम्मेवार नेताहरु निर्वाचित भएका कारण विशेष भेला बाट नेताहरू जिम्मेवारी बाडफाड गरिएको क्षेत्रीय संयोजक देवीराम अर्यालले जानकारी दिए ।
अब मालिकामा माओवादी केन्द्रको नेतृत्व प्रेम भट्टराईले गर्नेछन् । उनको नेतृत्वमा ५८ सदस्यीय गाउँ कमिटीको गठन गरिएको छ । जसको बरिस्ठ उपाध्यक्षमा सुर्य बहादुर जिसी रहेका छन भने मान बहादुर विक र भुपाल सिंह खत्री उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

सचिवमा चन्द्रा महतारा , सहसचिवमा हर्क विक र कोषाध्यक्षमा उमा कार्की सहित ५८ सदस्यीय गाउँ कमिटी गठन गरिएको सो पार्टीले जानकारी दिएको छ । त्यस्तै दोस्रो पालिका सम्मेलन बाट सर्वसम्मत अध्यक्ष बनेका देवीराम अर्यालले १० महिना मात्रै नेतृत्व गर्न पाए । पछि स्थानीय तहको निर्वाचन बाट गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित हुँदै पार्टीको गुल्मी २ को क्षेत्रीय संयोजक बने पछि साथिहरुलाई नेतृत्व छोडेको उनले बताए ।

विशेष भेलामा माओवादी केन्द्र गुल्मी २ का इन्चार्ज ज्ञान कुमार बुढा, प्रदेश (ख) का इन्चार्ज भुपाल पोख्रेल ,क्षेत्रीय संयोजक देवीराम अर्याल लगायतको विशेष उपस्थिति रहेको थियो ।
नयाँ कमिटीलाई बधाई ज्ञापन गर्दै उनिहरुले पार्टीलाई चलायमान बनाउनु पर्ने , संघ र प्रदेशको निर्वाचनमा पार्टीका सबै नेता तथा कार्यकर्ता खटेर माओवादी सहितको गठबन्धनलाई जिताउनु पर्ने बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता