माओवादी केन्द्र गुल्मी-२ बाट ३० वर्षीय भण्डारी उम्मेदवार सिफारिस



महेश बोहरा, गुल्मी । युवा नेता भीमकान्त भण्डारी नेकपा माओवादी केन्द्रको तर्फबाट केन्द्रीय सांसदको उम्मेदवारका लागि सिफारिस भएका छन् । जिल्लाको क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ ३० वर्षीय भण्डारीलाई नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर २ ले केन्द्रीय सांसदको उम्मेदवारका लागि सिफारिस गरेको हो ।

जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेका भण्डारी सरकारी जागिर छोडेर राजनीतिमा क्रियाशील नेता हुन् । उनी केन्द्रीय तहको राजनीतिमा पहुँच राख्ने नेताको रुपमा परिचित छन् । कोरोना महामारीको समयमा गुल्मेलीलाई कोरोनाबाट बँच्ने सामाग्री निःशुल्क सहयोग गरेर चर्चा पाएका भण्डारी नायब सुब्बाबाट जागिर छाडेर नेकपा माओवादीको राजनीतिमा क्रियाशील छन् ।

नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर २ ले भरखरैको युवाले नेपाली राजनीतिको केन्द्रीय तहमा राम्रो पहुँच राख्ने र विकास निर्माणमा पदबाहिर रहेर पनि निरन्तर लागिरहने भएकोले उनलाई सर्वसम्मत सिफारिस गरेको हो । भण्डारी नेकपा माओवादीको तर्फबाट एकल भएपनि निर्वाचन लड्न तयार छन् । गठबन्धनबाट माओवादीको भागमा परे भण्डारीले सजिलै बिष्टलाई हराउने धेरैको आंकलन छ । भण्डारीसँगै माओवादीको तर्फबाट निमबहादुर पाण्डे र बीर बहादुर कार्की पनि सिफारिस भएका छन् । तर, युवा नेता भण्डारीले टिकट पाउने लगभग पक्का छ ।

भण्डारीसँग एमालेको तर्फबाट गोकर्ण बिष्टले प्रतिस्पर्धा गर्ने निश्चित छ । तर, एमालेको तर्फबाट बिष्टसँगै राजेन्द्र अर्याल र शेषकान्त गौतम सिफारिस भएका छन् । काँग्रेसको तर्फबाट चन्द्रबहादुर केसी, डाक्टर दामोदर भुसाल र त्रैलोक्यप्रताप सेन सिफरिस भएका छन् । गोकर्ण बिष्टसँग रामकुमारी झाँक्री चुनाव लड्ने चर्चा भएपनि उनी गठबन्धन भएमात्र चुनाव लड्ने सोंचमा छिन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता