महिले मन्त्रीमा दावी गर्नु स्वाभाविक हो : काङ्ग्रेस नेता भण्डारी



मङ्सिर -१७ गुल्मी ।
नेपाली काङ्ग्रेसका नेता तथा नवनिर्वाचित सांसद डाक्टर चन्द्र भण्डारीले आफुले मन्त्री पदमा दावी गर्नु स्वाभाविक भएको बताएका छन ।
शुक्रबार सदरमुकाम तम्घासमा मतदातालाई धन्यवाद दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले सञ्चारकर्मीको जिज्ञासा्मा यस्तो बताएका हुन ।
महिले मन्त्री पदमा दावी गर्नु मन्त्री बन्न चाहाना राख्नु स्वाभाविक हो यस पटक त्यसमा मेरो हक लाग्छ । साथै उनले भने “ म आफू बन्नलाई मन्त्री बन्ने होईन देश र जनताको काम गर्न मन्त्री बन्ने हो ‟ ।
साथै संसदिय दलको नेतामा गगन थापा कि शेर बहादुर देउवा भन्ने प्रश्नमा आफू काठमाडौ गएपछि सबै बुझेर बोल्ने बताए । यद्यपि भण्डारीले साङ्केतिक रुपमा भने गगन थापालाई समर्थन गरेको आशय प्रकट गरेका थिए । अबको काङ्ग्रेसको नेतृत्व युवाले गर्नु पर्नेमा जोड दिए ।
फरक प्रसङ्गमा उनले मतदातालाई धन्यवाद दिदै आफुले निर्वाचनको समयमा गरेका बाचा पूरा गर्ने प्रतिबद्धता जाहेर गर्दै गुल्मेली जनताका कुरा संसदमा राख्दै गुल्मीलाई विकासमा नमुना जिल्ला बनाउने उल्लेख गरे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता