मदानेको आफ्नै शिक्षा ऎन,क्षमताका आधारमा छनोट हुन पाउँदा शिक्षक हर्षित



मााघ- २ गुल्मी ।

गुल्मीको मदाने गाउँपालिकाले आफ्नै शिक्षा ऎन निर्माण गरी शिक्षक छनोट प्रक्रिया अगाडि बढाएको छ । गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा मदाने गाउँपालिका शिक्षा ऎन २०७८ र शिक्षा नियमावली २०७८ जारी गर्दै शिक्षक छनोट गर्न थालेको हो ।
पहुँच र पावरका अधारमा छनोट हुने परम्परालाई तोड्दै योग्य र समक्ष उम्मेदवारलाई छनोट गर्न शिक्षा ऎन जारी गरिएको गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले बताए ।

मदाने गाउँपालिकाले यसरी गर्यो शिक्षक छनोट 

शिक्षक सक्षम भयो भने मात्रै विद्यार्थी समक्ष हुन्छ । तर आज भोली  विद्यालयमा शिक्षक छनोट गर्दा आफ्नो मान्छे र राजनीतिक पहुँचका आधारमा शिक्षक छनोट गरिन्छ भने राजनीतिक आधारमै विद्यालयको प्रधानाध्यापक समेत नियुक्ति गरिन्छ ।
समाजको यस्तो विषम परिस्थितिमा मदाने गाउँपालिकाले भने अलि फरक अभ्यास गर्दै समाजमा छुट्टै छाप छोड्ने प्रयास गरेको छ ।

शिक्षक सेवा आयोगले जस्तै प्रक्रिया पुराएर मदाने गाउँपालिकाले यो वर्ष २६ जना शिक्षकलाई करारमा नियुक्ति गरेको छ । निष्पक्ष तरिकाले उमेदवार छनोट गर्दा जाजरकोट देखी पर्सा सम्मका शिक्षक उम्मेदवारले जागिर खाने अवसर पाए । मदाने गाउँपालिका बाहिरका शिक्षा क्षेत्रमा नाम चलेका व्यक्तिहरु बाट समिति उपसमिति बनाई प्रश्न पत्र निर्माण ,उत्तर पुस्तिका जाच तथा अन्तरवार्ता ल्याई निष्पक्ष तरिकाले शिक्षक छनोट गरिएको हो ।
यसरी निष्पक्ष ढङ्गले शिक्षक उम्मेदवार छनोट गर्दा क्षमतावान उमेदवारले खुसि प्रकट गरेका छन् ।
जाजरकोटको वारेकोट गाउँपालिका -१ का कमल नेपालीले गाउँपालिकाले क्षमताका आधारमा शिक्षक छनोट गरेकाले आफु नियुक्त हुन सफल भएको बताए । जाजरकोटका कमल नेपाली मात्रै होइन छिमेकी जिल्ला अर्घाखाँची र प्युठानका धेरै शिक्षकले समेत जागीरको अवसर पाए ।
आगामी दिनमा पनि गाउँपालिकाले शिक्षा ऎनमै टेकेर शिक्षक नियुक्ति गर्ने गाउँपालिकाका सुचना अधिकारी ऋषि पोख्रेलले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता