भोलि देखी गुल्मीका सबै शिक्षण संस्था अनिश्चितकालीन बन्द !



साउन ३२ गुल्मी

विप्लव नेतृत्वको विद्यार्थी सङगठन अखिल नेपाल राटिष्य स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी ) गुल्मीले भोलि देखी गुल्मीका सबै शिक्षण संस्था बन्दको आह्वान गरेको छ । अखिल नेपाल राटिष्य स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी गुल्मीले शनिवार प्रेस विज्ञत्ती जारी गर्दै भोलि देखी गुल्मीमा अनिश्यतकालीन शैक्षिक हड्तालको घोषणा गरेको हो ।

अध्यक्ष विकल्प खत्रीले हस्ताक्षर गरेको प्रेस विज्ञत्ती

अखिल नेपाल राटिष्य स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी गुल्मीका सचिव विष्णु बिक र सदस्य राज खड्कालाई प्रहरीले प्रकाउ गरेको भन्दै उक्त पाटीको विद्यार्थी सङगठनले बन्द को आह्वान गरेको हो । अखिल नेपाल राटिष्य स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी गुल्मीका अध्यक्ष विकल्प खत्रीले हस्ताक्षर गरेको प्रेस विज्ञत्तीमा भनिएको छ । कम्युनिस्ट विद्यार्थी अभियान (२) २०७६ उद्धघाटन गर्न क्रममा गुल्मीका सचिव विष्णु बिक र सदस्य राज खड्कालाई प्रकाउ गरी बिहीबार साझा जिल्ला प्रशासन गुल्मी बाट रिहा लगतै पुन प्रकाउ गरी अर्घाखाँची लैजानुले दलाल सत्ताले कायरतलाई कुरातमा बदले प्रस्ट झल्किएको छ । साथै प्रेस विज्ञत्ती मार्फत गिर्फतार परेका कमेरडहरुलाई रिहाइको माग समेत विद्यार्थी सङगठनले गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता