भलिबल बाट गुल्मीलाई चिनाउन सकिन्छ : नेतृ झाँक्री



कात्तिक ८ गुल्मी ।

एकीकृत समाजवादीकी सचीव तथा गुल्मी निर्वाचन क्षेत्र २ कि साझा उम्मेदवार रामकुमारी झाँक्रीले
गुल्मी जिल्लालाई भलिबल बाट चिनाउन सकिने बलियो सम्भावना रहेको बताएकी छन् ।
आज जिल्लाको मुसिकोट नगरपालिका १ पौदीमा सृजनशिल नमुना युवा क्लबले आयोजना गरेको खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल उद्घाटन गर्दै उनले यस्तो बताएकि हुन् ।

हाम्रा पहाडी जिल्लामा फुटबल , क्रीकेट खेल्ने ठुला मैदानको अभाव छ तर सबैको पहुँचमा रहने र सबै युवा युवतीलाई समेट्ने गरि खेलिने खेल भनेको भलिबलनै हो । गुल्मीलाई भलिबल खेल बाट चिनाउन सकिने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिने झाँक्रीले बताईन ।
साथै झाँक्रीले थपिन , हरेक दुरदराजमा खेलिने र सबैको लोकपि्रय भलिबल खेल भएकै कारण पछिल्लो समय यस खेललाई राष्ट्रिय खेल बनाईएको हो ।
त्यस्तै सम्पुर्ण खेलाडीको नेतृत्व तथा क्षमता विकासको कामना आफुलाई जनताले निर्वाचित गरेको खण्डमा गुल्मीको समग्र विकास सङै खेल क्षेत्रमा उल्लेखनीय काम गर्ने प्रतिबद्धता समेत उनले जाहेर गरिन ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता