बुबाको सम्झनामा ,आफैले अध्यापन गराउने विद्यालयमा डेढ लाखको अक्षयकोष स्थापन



बैशाख २२ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिका -२ दर्लिङ स्थित नेटा दर्लिङ माध्यमिक विद्यालयमा एक लाख पचास हजार पाँच सय ५५ रुपैयाँको अक्षय कोष स्थापन भएको छ । सोही विद्यालयमा अध्यापन गराउने शिक्षक युवराज अर्यालको परिवारले अक्षय कोष स्थापन गरेको विद्यालयका प्रधानाध्यापक यमलाल अर्यालले जानकारी दिए ।
बिहिवार अर्याल परिवारले विद्यालयको ६३ औं वार्षिकोत्सबको अवसरमा अक्षय कोष स्थापन गरेका हुन । स्वर्गीय बुबा भिमलाल अर्यालको सम्झना र माता भुमिकला अर्यालको सम्मानमा छोराहरु युवराज अर्याल , बाबुलाल अर्याल र लोकनाथ अर्यालले अक्षय कोष स्थापन गरेका हुन ।
अक्षय कोष बाट आउने ब्याजले विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीले छात्रवृत्ति पाउने छन ।
नेटा दर्लिङ माविमा उक्त अक्षय कोष अहिले सम्मकै सबै भन्दा धेरै रकम रहेको विद्यालयले जानकारी दिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता