बिचार जहाँ भए नि आवश्यकताले हामीलाई एक ठाउँ राखेको छ : काङ्ग्रेस नेता पहराई



असोज ३१ गुल्मी ।

नेपाली काङ्ग्रेसका नेता तथा लुम्बिनी प्रदेशका समानुपातिक पदका उम्मेदवार छ्न्त पहराईले हामी सबैलाई आवश्यकताले एकै ठाउँमा उभ्भाएको बताएका छन । आज धुर्कोट गाउँपालिका २ पिपलधारामा भएको चुनावी भेटघाट तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
गठबन्धन के लागि भन्ने प्रश्नको उत्तर दिदै उनले भने ” हाम्रा बिचार सिधाान्त मूल्य मान्यता फरक फरक छन तर देश र संविधान जोगाउ हामी एक ठाउँ उभिनु परेको छ ” । सबैको बिचारलाई एउटै टोकरीमा राखेर प्रतिगमनलाई परास्त गर्नुमा उनले जोड दिए ।

साथै यो पटक कलम चिन्हमा मतदान गरेर विगत २५ वर्ष देखि जङ बहादुर राणा रुपी शासन गर्दै आएका गोकर्ण विष्टलाई हराउनु पर्ने बताउदै त्यसका लागि पिपलधारा वासी अग्रसर हुनु पर्ने उनको भनाई थियो ।
एउटै व्यक्तिलाई पटक पटक किन जिताउने के का लागि जिताउने तर्क गर्दै उनले विपक्ष तर्फ सङेकत गर्दै लोभमा परेर प्रदेश संसदको पद बेच्न ,जनताको मतलाइ अपमान गर्नेलाई किन मतदान गर्ने प्रश्न गर्दै जनतालाई आफ्नो अमुल्य मत खेर नफाल्न आग्रह गरेका छन् ।

गुल्मी २ को समग्र विकासको लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई भारी बहुमतले जिताउन उनले सबैलाई आग्रह गरेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता