बाबुआमाको मृत्युपछि बिचल्लीमा परेका दुई बालकलाई समाजसेवी सापकोटाद्धारा सहयोग ।



सागर भण्डारी,गुल्मी । बाबुआमा दुवैको मृत्यु भएपछि अभिभावक विहिन बनेका मुसिकोट नगरपालिका ५ धुमीका दुई बालकका परिवारलाई वामीका समाजसेवी हरिनारायण सापकोटाले खाद्यान्न र नगद सहयोग गर्नुभएको छ ।

आमाको दुर्घटनामा निधन भएको १ महिना नबित्दै बाबुले पनि आत्महत्या गरेको खबर गुल्मी अपडेटमा प्रकाशन भएपछि सापकोटाले आईतबार धुमीमै पुगेर सहयोग हस्तान्तरण गर्नुभएको हो । आफ्नी धर्मपत्नी सावित्री सापकोटाको जन्मदिनको अवसर पारेर विचल्लीमा परेको उक्त परिवारलाई सहयोग हस्तान्तरण गर्नुभएको हो ।

सापकोटाले चामल, तेल, नुन, दाल, चिनी, चिउरा लगायतका झण्डै १० हजार बराबरको खाद्यान्न र नगद १० हजार रुपैयाँ दुई बालकका आफन्तलाई परिवारमै पुगेर हस्तान्तरण गर्नुभएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै समाजसेवी सापकोटाले दुई बालकको विचल्लीको खबरले आफुलाई स्तब्ध बनाएकाले थोरै भएपनि सहयोग गर्ने भावना आएको बताउनुभयो ।

त्यस्तै उहाँले अलपत्र परेका दुई बालकका अभिभावक हामी सबै भएकाले सबैले सक्दो सहयोग गरेर उद्धार गर्न पनि आग्रह गर्नुभयो । उनीहरुको पठनपाठनका लागि विभिन्न सघंसंस्थाहरुसगं बुझ्ने र परिवारले अनुमती दिएमा पढाउनका लागि समेत पहल गर्ने उहाँको भनाई थियो ।

त्यस्तै उहाँले बालकको अवस्थाका बारेमा समाचार सम्प्रेषण गरेर देश विदेशमा पुर्याएर उद्धारमा सहयोग गरेको भन्दै मिडियाकर्मीलाई धन्यवाद पनि दिनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै स्थानीय यज्ञलाल खरेलले हरिनारायण सापकोटा दम्पत्तीले बालकको विचल्लीको अवस्थामा थाहा पाएर वामीबाट समेत सहयोग गर्नुभएको भन्दै अन्य स्थानीय व्यक्तिलाई पनि यसले सहयोगका लागि उत्प्रेरणा मिल्ने बताउनुभयो । त्यस्तै उहाँले बालकहरुको उद्धारका लागि देश विदेशमा सहयोग रकम सकंलन अभियान चलेको पनि जानकारी गराउनुभएको थियो ।

सोही अवसरमा खरेल र वामीका अर्का समाजसेवी गोविन्द सापकोटाले नगद १ १ हजार नगद सहयोग गर्नुभएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी हरिनारायण सापकोटा, उहाँका दाजु ईश्वरी सापकोटा, गोविन्द सापकोटा वडा नं ५ का वडासदस्य लालुराम अर्याल स्थानीय समाजसेवी व्यक्तित्वहरु धिरेन्द्र केसी, युवराज भण्डारी, रामजी भण्डारी, यज्ञलाल खरेल लगायतको उपस्थिति रहेको थियो ।

तत्कालिन वामी गाउँ विकास समितिको अध्यक्ष र जिल्ला विकास समिति गुल्मीका पूर्व सदस्य समेत रहनुभएका हरिनारायण सापकोटाले यस अगाडी पनि विपन्न र विचल्लीमा परेका व्यक्तित्वहरुलाई सहयोग गर्दै आउनुभएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता