बढ्दो सवारी दुर्घटनाप्रति नेविसंघ गुल्मीको ध्यानाकर्षण पत्र



मनोज कार्की

१६ साउन, गुल्मी । नेपाल विद्यार्थी संघ गुल्मीले प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रदेवी शर्मालाई ध्यानकर्षण पत्र बुझाएको छ । शुक्रबार नेपाली विद्यार्थी संघ गुल्मीले सवारी दुर्घटना न्यूनिकरण तथा कोभिड खोपमा मनपरी भएको भन्दै जिल्ला प्रशासन कार्यलय प्रमुख जिल्ला अधिकारी (सिडिओ) शर्माको कार्यकक्षमै पुगेर ध्यानकर्षण पत्र बुझाएको हो ।

पछिल्लो एक वर्षमा सवारी दुर्घटनामा परी ३७ जनाले ज्यान गुमाई सकेको र यसको रोकथाम तथा न्यूनिकरणमा नियामन निकायले चासो नदेखाएपछि नेविसंघ गुल्मी प्रशासनलाई ध्यानकर्षण पत्र बुझाउन बाध्य भएको नेपाली विद्यार्थी संघ गुल्मीका कार्यभार सभापति राम्जी पन्थीले बताए । विश्वव्यापी रुपमै फैलिएको कारोना भाइरस अर्थात् कोभिड–१९ बाट बच्नको लागी आएको खोपमा मनपरी भएको र सरकारले तोकेको मापदण्ड विपरित राजनितक सत्ताको आडमा खोप वितरण, क्रसर संचालन लगायत जिल्लाका भएका समसामूहिक विषय र त्यसमा सम्बन्धित निकायको आखाँ खुलाउन ध्यानाकर्षण पत्र बुझाएको नेविसंघ गुल्मीका सभापति पन्थीले बताए । सवारी दुर्घटना कम गर्न पुराना सवारी व्यवस्थापन र चालकलाई अभिमुखीकरण तालिम समेत उपलब्ध गराउन नेविसंघले अनुरोध गरेको छ ।

जिल्लामा १० पुराना सवारी चल्दै आएका छन् । पुरानो सवारी र चालकको लापर्वाहीका कारण ७०७८ साल १ गते प्यूठानको स्वर्गद्वारी जाने क्रममा जिल्ला प्रशासन कार्यलयका ४ जना कर्मचारीले ज्यान गुमाएका थिए । २०७८ साल अषाढ ३१ गते गुल्मीको सदरमुकाम तम्घास नजिकै जिप र मोटरसाइकल आपसमा २८ वर्षीय सुजन पाण्डेले ज्यान गुमाउनु परेको थियो भने त्यस्तै श्रावण १३ गते गुल्मीको चन्द्रकोट गाउँपालिका बाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको थियो भने ७ जना घाईते भएका थिए । पछिल्लो १ बर्षमा ३७ जनाले ज्यान गुमाई सकेको हुदाँ यस्ता बिषयमा गम्भीर हुन नेविसंघ गुल्मीले प्रशासनलाई आग्रह गरेको छ ।

ध्यानकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रदेवी शर्माले दुर्घटना र कोभिड रोकथाम तथा न्यूनिकरणमा आफूहरु लागी परिरहेको र पत्र अझ प्रशासनलाई जिम्मेवारी बनाएको बताईन् । हाल सम्म भएका गल्तीहरुलाई केलाउँदै समस्या समधानमा प्रशासन लागी पर्ने प्रमुख जिल्ला अधिकारी (सिडिओ)शर्माको भनाई छ । यि बिषयमा ध्यानकर्षण गराएको र तत्कालै जनताले महसुस गर्ने गरी नेविसंघले माग गरेका पक्षमा सुधार नआएमा आवश्यक कदम चाल्न बाध्य हुने नेपाली विद्यार्थी संघले बुझाएको ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता