बजेट निमार्णको लागी मालिका गाउँपालिकाले माग्यो सुझाव,यसरी दिनुहोस सुझाव



जेठ १९- गुल्मी ।
मालिका गाउँपालिकाले आर्थीक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट निमार्णको लागी सुझाव मागेको छ ।
कोरोना भाइरसका कारण अन्लाईन मार्फत गाउँपालिकाले आर्थीक वर्ष २०७८/७९को नीति, कार्यक्रम तथा बजेट निमार्णको लागी सुझाव मागेको गाउँपालिकाका सुचना प्रविधि अधिकृत जगत पौडेलले जानकारी दिए । यद्यवी स्वास्थ्यको मापदण्ड पुरा गरी न्युनत्तम नागरिकको सहभागीतामा सुझाव संकलन गर्ने अन्यथा अन्लाईन बाटै सुझाव लिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सम्पुर्ण गाउँवासी संगै देश विदेश रहेका शुभचिन्तकहरुलाई सिर्जनशिल,रचानात्मक र सकारात्मक सुझावको अपेक्षा राख्दै अन्लाईन फारम सार्वजनीक गरेको छ ।

स्थानीय सरकारको कार्यक्षेत्र भित्र पर्ने स्रोत साधनले आर्थीक वर्ष २०७८,७९ मा सम्पन्न गर्ने सकिने कार्यान्वयन योग्य सुझाव प्रदान गर्ने गाउँपालिकाले अनुरोध गरेको छ ।

यसरी दिनुहोस सुझाव ।

https://docs.google.com/forms/d/e/1FAIpQLSfmIV8lgiUvyhWbWzFibhmoJNqFi4UUly16vncrmlBmoZ6ZLg/viewform

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता