प्रेस युनियन गुल्मीमा लफडा : दुई तिहाई सदस्यले गरे अधिवेशन बहिष्कार !



साउन ५ गुल्मी ।
नेपाल प्रेस युनियन गुल्मीको नवौं अधिवेशनमा लफडा सुरु भएको छ ।
केन्द्रिय अध्यक्ष शिव लम्साल सहित जिल्लाका अन्य केही नेता तथा पत्रकार एकलौटी ढंगले अघि बढे पछि अधिवेशनमा लफडा हुनुका साथै तत्कालका लागि स्थगित समेत भएको छ ।

आज एकलौटी ढंगले आफू अनुकुल पदाधिकारी तोके पछि विवाद अझ धेरै चर्किएको प्रेस युनियनका एक सदस्यले बताए ।

पदाधिकारीमा बस्नै नचाहेकालाई जबर्जस्ती पदाधिकारीमा राखी १९ सदस्यीय कार्य समिति गठन गरिएको छ । जुन आपत्तिजनक रहेको प्रेस युनियन गुल्मीका सन्तोष महताराले बताए ।
रेशम कुवर अध्यक्ष रहने गरि गठित १९ सदस्यीय कार्यसमिति विरुद्ध प्रेस युनियन गुल्मीका ३८ जना सदस्य एक ठाँउमा उभिएका छन ।
जम्मा ५९ जना सदस्य रहेको गुल्मीमा ३८ जना सदस्यले हस्ताक्षर सहित अधिवेशन बहिस्कार गर्दै तत्काललाई स्थगित गर्न माग गरेका छन ।
बहुमतको कदर नहुने गरि एकलौटी ढङ्गले अघि बढे संगठन दुर्घटनामा जान सक्ने चेतावनीसमेत उनिहरुले दिएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता