प्रेस युनियन गुल्मीको सभापतिमा बलिया दाबेदार सुमन



डिबी खड्का, गुल्मी ।

नेपाल प्रेस युनियन गुल्मीको सभापतिमा पत्रकार सुमन महताराले आकांक्षा ब्यक्त गरेका छन् । बिहिवार युनियनको नवाैं अधिवेशन सदरमुकाम तम्घासमा हुँदैछ ।

नेपाली काँग्रेसप्रति शुभेच्छा राख्ने लोकतान्त्रिक पत्रकारहरुकाे साझा संस्था नेपाल प्रेस युनियनको गुल्मी शाखामा हाल ६५ सदस्य रहेका छन् । विगत पाँच वर्षदेखि युनियन गुल्मीले अधिवेशन गर्न सकेको थिएन ।

बुधबार सम्पन्न हुन लागेको अधिवेशनमा सभापति पदको लागि आफू बलियो दाबेदार भएको पत्रकार सुमन महताराले दाबी गरे । महतारा भन्छन्, ‘युनियन विगतमा क्रियाशील र चलायमान हुन सकेन । अब पनि फेरि अघिल्लो नेतृत्वलाई दोष लगाएर बस्ने कुरा भएन । हामी युवा पनि छौं । केही गर्ने हुटहुटी छ । युनियनलाई जुरुक्क माथि उठाउने हो । पत्रकारितामा क्षेत्रलाई नागरिकमैत्री बनाउने हो ।’ महताराले आफू यसको लागि तयार रहेकोले सभापतिमा दाबी गरिरहेकाे बताए ।

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश प्रतिनिधि समेत रहेका सुमन विगत पाँच वर्षदेखि गुल्मीमा पत्रकारिता गर्दै आएका छन् । उनी मध्यान्ह राष्ट्रिय दैनिक, माउन्टेन टेलिभिजन, सेताेमसी अनलाइन, लाइभ गुल्मी, गुल्मी साप्ताहिक पत्रिका लगायतका मिडियामा कार्यरत छन् ।

२४ वर्षका सुमन पत्रकारिता क्षेत्रमा अब्बल मानिन्छन् । उनलाई युनियनका नयाँदेखि पुराना सदस्यसम्मकाे साथ छ । ब्याक्तिगत स्वार्थ भन्दा माथि उठेर संगठनका लागि काम गर्न आफू सभापति बन्नुपर्ने अडानमा महतारा छन् । ‘मलाई स्वार्थ, लाेभलालच, डर, त्रास, नाफा र घाटाका लागि केही स्वार्थ छैन्’, सभापतिका दाबेदार महताराले भने, “संगठनलाई चुस्तदुरुस्त र सदस्यलाई युनियनको अनुभुती दिलाउने हो ।” पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार बनाउने गरि अगाडि बढाउन आफू सभापति पदको उम्मेदवार बनेको सुमन महताराले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता