प्रथम बलेटक्सार कप :एक लाख २१ हजार सहित उपाधि प्रभाव कन्ट्रक्सनलाई,टाहाटिम क्लब ६ विकेटले पराजित



डिबी खड्का -कात्तिक २० गुल्मी ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका ४ बलेटक्सारमा सम्पन्न भएको प्रथम बलेटक्सार कप २०८० को उपाधी प्रभाव कन्ट्रक्सन एण्ड सप्लार्यस बलेटक्सारले उचालेको छ । आज भएको फाइनल खेलमा उसले टाहाटिम युवा क्लबलाई ६ विकेटले पराजित गर्दै उपाधी चुम्न सफल भएको हो ।
घ्युबेसी मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको टाहाटिम युवा क्लबले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै ८६ रन जोड्यो । टाहटिमको लागि प्रदिप भण्डारीले ४० रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अङकमा रन बनाउन सकेनन् ।
८७ रनको विजय लक्ष्य पाएको प्रभाव कन्ट्रक्सन एण्ड सप्लार्यसले १२.१ बलमा ४ विकेट गुमाएर लक्ष्य भेटायो ।
उसका लागि विष्णु पाण्डेले सार्वधिक ४९ रन जोडे ।
टाहाटिमको लागि महेन्द्र सुवेदी ,केशब पौडेल ,त्रिदेव कार्की र एम क्षेत्रीले सम्मान एक/एक विकेट लिए ।
त्यस्तै पहिला बलिङ गरेको प्रभाव कन्ट्रक्सन एण्ड सप्लार्यसका अखिल न्युनिया र अमर यादवले सम्मान दुई/दुई विकेट हात पारे ।
उपाधी सङै प्रभाव कन्ट्रक्सन एण्ड सप्लार्यसले एक लाख २१ हजार एक सय २१ रुपैयाँ हात पारेको छ भने उपविजेता बनेको टाहाटिम युवा क्लबले ६१ हजार एक सय ६१ मा चित्त बुझाएको छ । प्रतियोगितामा म्यान अफ द सिरिज त्रिदेव कार्की भए भने उत्कृष्ट ब्याटरमा अमर यादव चुनिए ।
क्रीकेट खेल र खेलाडीको विकासको लागि बलेटक्सार युवा क्लबले प्रतियोगिताको आयोजना गरेको क्लबका सदस्य निर्मल ज्ञवालीले जानकारी दिए । प्रतियोगितामा विभिन्न जिल्लाका २४ टिमको सहभागीता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता