प्रतिष्ठान गुल्मीले फरक क्षमताका विद्यार्थीलेलाई न्यानो कपडा वितरण गर्ने



अनिल खत्री
२४ मंसिर, गुल्मी । लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले फरक क्षमताका विद्यार्थीले अध्ययन गर्दै आएको विद्यालयमा न्यानो कपडा वितरण गर्ने भएको छ । प्रतिष्ठान गुल्मी शाखाले सातौं जिल्ला अधिवेशनको अबसरमा जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–९ उपल्लो तम्घास माध्यमिक विद्यालयमा फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा वितरण गर्ने भएको प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले बताए ।
प्रतिष्ठान गुल्मीले यहिँ मंसिर २९ गते देखि पुस २ गतेसम्म बिभिन्न रचनात्मक कार्यक्रम गरेर संस्थाको सातौं जिल्ला अधिवेशन गर्न लागेको छ । अधिवेशनको अबसरमा मंसिर २९ गते उपल्लो तम्घास माध्यमिक विद्यालयमा फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम राखिएको लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका अध्यक्ष बसन्त खत्रीले बताए ।
चिसो बढेसँगै फरक क्षमताका विद्यार्थीलाई सहयोग स्वरुप २३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गर्ने अध्यक्ष खत्रीले बताए । अधिवेशनको पुस २ गते हुने मञ्चको कार्यक्रममा राष्ट्रिय कलाकारसँगै बिभिन्न व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम राखिएको प्रतिष्ठान गुल्मीले जनाएको छ ।
प्रतिष्ठान गुल्मीले अधिवेशनको अबसरमा उत्कृष्ट पत्रकार सम्मान, उत्कृष्ट कार्यसमिति सम्मान र संस्थालाई सहयोग गर्ने व्यक्तिलाई पनि सम्मान गर्ने कार्यक्रम राखिएको प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले बताए । अधिवेशनको तयारी स्वरुप बिभिन्न समिति बनाएका काम अगाडी बढाइएको प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष खुमबहादुर खत्रीले बताए ।
लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले कला संस्कृतिको संरक्षणसँगै बिभिन्न सामाजिक कार्यमा पनि सक्रिय रहेको छ । प्रतिष्ठान गुल्मीले अधिवेशनको अबसरमा नयाँ कलाकारलाई पोत्साहन स्वरुप ०७१ सालबाट गुल्मी लोक तारा सञ्चालन गर्दै आएको थियो ।
तर यसपटक बिबिध कारणले त्यो कार्यक्रम गर्न नसकिएको जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता