प्रचण्डका ज्वाईं बुद्धि जिसी भन्छन,मेरो प्रतिस्पर्धी नै छैनन्



गुल्मी । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका ज्वाँई बुद्धि जिसी यति बेला बाम लोकतान्त्रिक गठबन्धनबाट गुल्मी क्षेत्र नम्वर २, प्रदेश २ का साझा उमेदवार छन्।

उनी आफ्नो निकटतम प्रतिद्धन्द्धी कोही नभएको जिकिर गर्दै आउनु भएको छ ।

जिल्लाको मालिका गाउँपालिका–२ को पाटाखर्क च्यानडाँडामा आयोजित चुनावी सभामा पनि उनले त्यही जिकिर दाेहाेर्याए । विगतमा माओवादी रहेका र नेकपा छँदा २०७४ सालको निर्वाचनमा त्यस प्रदेशबाट जितेका दिनेश पन्थी नेकपा फुट्दा एमाले मै बसेपछि उनको सांसद पद साढे दुई बर्ष मै खारेज भएको थियो ।

अहिले उनै पन्थीलाई एमालेले उमेदवार बनाएको छ ।

जिसीले पन्थीलाई नजिकको प्रतिद्धन्द्धी नभई निकै टाढाको प्रतिद्धन्द्धी भएको जिकिर गरे ।

जिसीले भने, ‘दिनेश पन्थी मेरो गाउँको दाई हो। अघिल्लो पटक हामीले जितायौँ तर उहाँले नयाँ अवसर खोज्दा जनताको मतलाई अपमान गरेर जानुभयाे। एकचोटी जनताको मतलाई अपमान गर्ने उहाँलाई अब मत माग्ने नैतिकता छैन । उहाँले गुमाउनु भयो । उहाँ संग मेरा राजैनैतिक, ब्यक्तिगत नैतिकत , उमेर देखि हर हिसावले प्रतिस्पिर्धा हुनै सक्दैन । अर्को कुरा उहाँले अघिल्लो पटक जितेर के गर्नु भयो । त्यसको हिसाव किताव खोजेका छन् जनताले ।’

उनले त्यस क्षेत्रका प्रतिनिधीसभा उमेदवार गोकर्ण बिष्टलाई लक्षित गर्दै झण्डै २५ बर्ष साशन गर्दा पनि विकास केहि गर्न नसकेको आरोप लगाए। ‘रातडाँडा भञ्ज्याङ्ग पौदीअमराई नेटा दर्लिङ्ग सम्मको सडक हामीले जनयुद्धकालमा खनेको हो । २०६४ सालमा माओवादीबाट जित्नु भएका चन्द्रबहादुर थापा सागरले बजेट पारेर स्तरोन्नती गर्नु भएको हो । गएको निर्वाचनमा गोकर्ण बिष्टले यो सडक आगमी पाँच बर्षमा पिच गरेर छाडिन्छ भन्नुभएको थियो । तर अहिले सम्म उस्तै छ ’–जिसीले भन्नु भयो, –‘ बाटोघाटो, विद्युत पानी प-यो कि अवरुद्ध हुन्छ । यहि हो विकास ?’

मालिका गाउँपालिकामा विगतमा नेकपा एमाले नेतृत्वको सरकारले पनि विकास केहि गर्न नसकेको आरोप लगाउँदै जिसीले अबको विकास कस्तो हुन्छ भनेर आफुहरुले देखाउने दाबी गर्नुभयो ।

माओवादी कांग्रेस गठबन्धनको स्थानीय सरकारले गरेका विकास निर्माणहरु जहाँपनि नमुना बनेको दाबी गदै जिसीले अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित गाउँपिालिका अध्यक्ष भुपाल पोखरे र कांग्रेसबाट शिब बहादुर खत्री उपाध्यक्षमा विजयी भई जिल्लमा मात्र नभई देशमै उत्कृष्ट तेश्रो र लुम्बिनी प्रदेशमा उत्कृष्ट पहिलो धुर्कोट गाउँपालिका बनेको उदाहरण जिसीले दिए ।

जिसीले भने, ‘धुर्कोट जस्तै मालिका गाउँपालिकामा पनि पछिल्लो स्थानीय तह निर्वाचनमा माओवादीबाट देविराम अर्याल र उपेन्द्र अर्यालले त्यस्तै विकास गर्ने र उहाँहरु निर्वाचित भई सके पछि मेरो समेत पहलमा प्रदेशबाट २५ करोड रकम पारिएको र संघबाट पनि मालिका गाउँपालिकालाई करोडौं रकम पारिएको छ।’

उनले लिलिङ्ग, दुनाम , सल्लाखर्क , पाटाखर्क, तल्लो र माथील्लो च्याँनडाँडाका बासीन्दा अहिले पनि गरिवी र अभावमै रहेकोले आफुले जिते पछि आयआर्जनका कार्यक्रम पारेर समृद्धिको दिशातर्फ उन्मुख गराउने बताए ।

२५ बर्ष देखि बिष्टले साशन गर्दा पनि च्याँनडाँडा मावि कच्ची र टिनको छानामा सिमित रहेको तर मालिकाका बर्तमान अध्यक्ष र उपाध्यक्षले यसै बर्ष ५० लाखको लागतमा चारकोठे पक्की भवन पारेको बताए। उनले वोम , च्यानडाँडा , पाटाखर्क हुँदै भिमगिठे जोड्ने सडक केहि बर्ष भित्रैमा ग्रावेलिङ्ग गर्ने आश्वासन दिए।

नेकपा माओवादी केन्द्र गुल्मी जिल्ला संयोजक रहेका जिसी प्रचण्ड संगको पारिवारिक सम्वन्धका कारण केन्द्र र प्रदेशबाट जिल्लामा विकास बजेट पार्न अन्य दलका नेताहरुको समेत सहयोगी ब्यक्ति हुन् ।

जनप्रतिनिधी नहुँदै जिल्लाको विकासमा महत्वपुर्ण योगदान पुर्याराउँदै आएका जिसी पहिलो पटक जनप्रतिनिधी बन्ने चुनावी मैदानमा रहेकोले पनि उनी प्रति ब्यापक जनसमर्थन रहेको देखिन्छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता