पत्रकार महासंघ गुल्मी र न्यु मालिका युवा क्लब बिच मैत्रीपुर्ण भलिबल खेल हुने !



चैत ९ गुल्मी ।
मालिका गाउँपालिकामा हुने खुल्ला भलिबल प्रतियोगिताको सुरुवात मैत्रीपुर्ण खेल बाट हुने भएको छ ।
आयोजक न्यु मालिका युवा क्लब र नेपाल पत्रकार महासंघ गुल्मी बीच मैत्रीपुर्ण भलिबल खेल बाट प्रतियोगिताको उद्घाटन गरिने क्लबका अध्यक्ष लोकेश गिरीले जानकारी दिए।
भलिबल खेलको उचित प्रचार -प्रसार, प्रबर्द्धन गर्नुका साथै आत्मियता बढाउने उदेश्यले मैत्रीपुर्ण खेलको आयोजना गरिएको अध्यक्ष गिरीले उल्लेख गरे ।
त्यस्तै यता नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले आयोजक न्यु मालिका युवा क्लबलाई धन्यवाद व्यक्त गर्दै क्लबले नयाँ कामको सुरुवात गरेको बताए ।
मैत्रीपुर्ण खेलले भलिबल खेलको विकास संगै खेल र खेलाडीलाई प्रोत्साहन गर्न मद्धत पुराउने अध्यक्ष अर्यालले प्रतिक्रिया दिए ।

“खेल खेलाैँ, स्वस्थ बनाैँ मालिका बासिकाे सान कला संस्कृति संरक्षण हाम्राे पहिचान” भन्ने मुल नाराका साथ चैत १३ गते देखि १५ गते सम्म मालिका गाउँपालिका ४ सैरेपोखरामा विविध प्रतियोगिताको आयोजना गरिएको छ ।

खुल्ला भलिबल प्रतियोगितामा प्रथम हुनेले ६१ हजार एक सय ६१ नगदसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै द्वितीय हुनेले ४१ हजार एक सय ४१ मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबले जानकारी दिएको छ ।
त्यस्तै स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उदेश्यले सँराय नाच प्रतियोगिताको पनि आयोजना गरिएको छ ।

जसमा प्रथम हुने समूहले नगद ५,५५५ र प्रमाणपत्र प्रदान गरिने छ। त्यस्तै द्वितीयत स्थान प्राप्त गर्ने समूहले नगद रु.३,३३३ र प्रमाणपत्र प्रदान गरिने छ।
साथै व्यक्तिगत रुपमा उत्कृष्ट सँराय नाच नाच्ने १५ जनालाई मायाकाे चिनाे प्रदान गरिने आयोजकले जनाएको छ।

त्यस्तै एकल नृत्य तर्फ प्रथम हुनेले ४,४४४ प्रमाणपत्र प्राप्त गर्दा ,द्वितीय हुनेले ३,३३३ र तृतीय हुनेले २,२२२ नगद सहित प्रमाणपत्र प्राप्त गर्ने छन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता