नौ महिना पछि खुल्यो रेसुंगा नगरपालिकाको कृषी उपज केन्द्र



२७ पुस, गुल्मी ।

 कोरोना भाइरस अर्थात कोभिड-१९ का कारण विगत नौ महिनादेखि बन्द रहेको गुल्मीको रेसुंगा नगरपालिका ९ स्थित कृषि उपज तथा संकलन केन्द्र सञ्चालनमा आएपछि गुल्मीका उपभोक्तासँगै किसानहरु हर्षित भएका छन् ।

लामो समयसम्म कृषि उपज तथा संकलन केन्द्र बन्द हुदाँ बिचौलीयाको मारमा परेका गुल्मीका किसान तथा उपभोक्ताहरु कृषि उपज एवं संकलन केन्द्र सञ्चालन आएपछि हर्षित भएका हुन् । कोरोना भाइरसको प्रभाव कम हुदैं जान थालेपछि नगरपालिकाले उपभोक्ता तथा किसानको हकहितको लागि कृषि उपज तथा संकलन केन्द्र सञ्चालनमा ल्याएको हो ।

स्थानीय स्तरमा उत्पादन हुने तरकारी तथा पशुपंक्षीजन्य उपज रेसुंगा नगरपालिकाले किसानको बारीमै गएर खरिद गर्ने र उपभोक्तालाई आँफैले सस्तोमा बेच्दै आएको छ । स्थानीय उपभोक्ता मनमाया महतले भनिन्, ‘‘लामो समयसम्म कृषि उपज केन्द्र बन्द हुदाँ बजारमा दोब्बर मुल्य तिर्न बाध्य थियौं । अहिले सस्तोमा गुणस्तरीय तथा ताजा तरकारी पाउदाँ हामीलाई खुसि लागेको छ ।”

जनताको स्वास्थ्यलाई ख्याल गर्दै कृषि उपज तथा संकलन केन्द्र बन्द गरिएको र किसान तथा उपभोक्ता बिचौलियको मारमा पर्न थालेपछि उच्च सतर्कता अपनाउँदै पुनः सञ्चालमा ल्याएको रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले बताए ।

कृषि उपज तथा संकलन केन्द्रमा स्थानीय किसानले उत्पादन गरेका दैनिक उपभोग्य तरकारी प्याज, आलु, टमाटर, लसुन, बन्दासँगै लोकल कुखुरा बिक्री वितरण गरिँदै आएको छ । निमार्ण सुरु गरिएको सात वर्षपछि सम्पन्न भएको कृषि संकलन केन्द्रमा जिल्लामा रहेका तत्कालीन सरकारी संस्था , रेसुंगा नगरपालिका र लुम्बिनी प्रदेश सरकारको एक करोड ३३ लाख लगानी रहेको छ ।

कृषी उपज तथा संकलन केन्द्रले यहाँका किसान तथा उपभोक्तालाई खुसि दिएको छ भने यसलाई निरन्तरता दिनुपर्ने उनिहरुको माग समेत छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता