नेशनल लाइफ इन्सुरेन्स कम्पनि लिमिटेन्ड गुल्मी शाखाद्धारा मुसिकोटमा मृत्यृ दावी भुक्तानी



सूर्य सुनार गुल्मी, मंसिर ९ ।

नेशनल लाइफ इन्सुरेन्स कम्पनि लिमिटेन्ड गुल्मी शाखाले एक कार्यक्रमका विच मुसिकोटमा २,३८,२०० को मृत्यृदावी परिवारलाई भुक्तानी गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ निवासी यम बहादुर थापाका छोरा अमर बहादुर थापाले विगत ३ वर्ष पहिले २ लाख विमाङकको विमा गरेका थिए । वैदेशिक रोजगारीको क्र्रममा मलेसियामा हृद्यघातका कारण मृत्यृ भएकोमा कम्पनीले उहाँको मृत्यृ दावी भुक्तानी गरेको हो ।

विमामा लगाएको लगानीको पूर्ण सुरक्षित र सफल बोनस तथा जिवनको सुरक्षा समेत रहने भएकाले विमा गर्नका लागि सबैलाई आग्रह गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि मुसिकोट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष ओम बहादुर के.सीले नेशनल लाइफ इन्सुरेन्स कम्पनि लिमिडेन्टलाई आफनो जिम्मेवारी पुरा गरेकोमा घन्यवाद दिए । विमामा लगानी गर्न पनि केसीले प्रेरणा दिइएका छन् । नेशनल लाइफ इन्सुरेन्स कम्पनि लिमिटेन्ड गुल्मी शाखाका संस्थाका अध्यक्ष हरिप्रसाद भण्डारीले विमाको अर्थ र विमाका फाइदा बारे प्रकाश पारेका थिए । नेपाल लाइफ इन्सुरेन्स कम्पनि लिमिटेन्ड गुल्मी शाखाका एजेन्सी म्यानेजर बसन्त अधिकारीले विमा शिक्षाको बारेमा जानकारी दिइएका थिए । विमा जिवनको सुरक्षा समेत रहने भएकाले विमा गर्नका लागि सबैलाई आग्रह समेत अधिकारीले गरेका छन् । समुदायमा पछिल्लो समय विमाको बारेमा राम्रो संग बुझेको पाइएको छ । जसले विमा गर्दा मानिसको आजको बचत भोलीको खर्चको आधार भएको भन्दै विमा सम्बन्धी मानिसको चाहान बढ्दै गएको छ । कार्यक्रममा समाजसेवी विभिन्न कार्यालयका प्रमुख तथा पत्रकारको समेत उपस्थित रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता