नेपाल राष्ट्रिय कर्मचारी महासंघ गुल्मीको प्रथम भेला सम्पन्न , संयोजकमा बसन्त भुसाल चयन



माघ २१ गुल्मी ।
नेपाल राष्ट्रिय कर्मचारी महा संघ गुल्मीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।
भेलाले जिल्ला स्तरीय तदर्थ कमिटी गठन गर्दै जिल्लाका सात स्थानीय तहमा पालिका संयोजक र सह- संयोजक समेत चयन गरेको छ ।
मालिका गाउँपालिकाका स्वास्थ्य संयोजक समेत रहेका बसन्त भुसालको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला तदर्थ कमिटी गठन गरिएको छ । जसको सह संयोजकमा कुमानन्द आचार्य रहेका छन् ।
त्यस्तै सात वटा स्थानीय तहमा संयोजक र सह संयोजको जिम्मेवारी दिईएको माओवादी केन्द्रका जिल्ला सचिब अशोक थापाले जानकारी दिए ।
जिल्लाको मालिका गाउँपालिकामा देव बहादुर महतारा संयोजक र देविका विकलाई सह संयोजकमा चयन गरिएको छ । त्यस्तै धुर्कोट गाउँपालिकामा श्याम कार्कीलाई संयोजक र सह संयोजकमा भरत खड्का चयन हुँदा रेसुङ्ग नगरपालिकामा बालकृष्ण बुढाथोकी संयोजक र बम विक सह -संयोजकमा छनोट भएका छन । त्यस्तै यता मदाने र मुसिकोटमा क्रमशः धन बहादुर थापा र कृष्ण प्रसाद आचार्यलाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।
रुरुक्षेत्र गाउँपालिकामा त्रिबिक्रम ज्ञवाली संयोजक हुँदा गोबिन्द ज्ञवाली सह संयोजकमा चयन भएका छन । चन्द्रकोटमा सबन पोख्रेल संयोजक र देव थापा सह संयोजकमा चयन भएका छन ।
त्यस्तै बाकि रहेका पाँच स्थानीय तहमा पनि छिटै संयोजक तथा सह संयोजक चयन गरेर संगठन विस्तारको काम अगाडि बढाउने जिल्ला संयोजक बसन्त भुसालले बताए ।
भेलालाई सम्बोधन गर्दै माओवादीका नेताले प्रशिक्षण मतव्य समेत राखेका थिए । माओवादीका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य वीर बहादुर कार्कीले माओवादी निकट कर्मचारीहरुले जनतालाई प्रवाह गर्ने सेवा सुबिधा अलि फरक र स्मार्ट हुनु पर्ने बताए । साथै राष्ट्रिय कर्मचारी महासंमा धेरै कर्मचारी आवद्ध हुन चाहेको ,संगठनलाई मन पराएको दावी गर्दै त्यस्ता कर्मचारीलाई संगठित गराउन नेतृत्वले विशेष भुमिका खेल्न उनले आग्रह समेत गरे ।

त्यस्तै जिल्ला सचिब असोक थापाले राष्ट्रिय कर्मचारी महासंघको नारा जस्तै सुन्दर काम गर्न कर्मचारीलाई अपिल गरेका छन ।
सचीव थापाले भने “प्रभावकारी जनसेवा पेसागत अधिकार सुनिश्चितताको लागि नेपाल राष्ट्रिय कर्मचारी संगठन ,
शान्ति सुशासन ,आत्मनिर्भरता र राष्ट्रिय समृद्धिकोअभियानमा कर्मचारी परिचालन ” भन्ने महान उदेश्य बोकेको नारा छ यहीँ नारालाई पछाउदै तपाईंहरुले काम गर्नुस जनता र अन्य संगठनमा आवद्ध भएका कर्मचारीहरु पनि तपाईंहरु संगै जोडिन आउछन ।
साथै भेलामा कर्मचारीले आफ्ना गुनासा तथा समस्या राख्दै नेतृत्वको ध्यानाकर्षण समेत गराएका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता