नेपाल द्धारा अमेरीकालाई १९१ रनको चुनौती प्रस्तुत्



माघ २५ काठमाडौ ।

आईसिसि विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शनिबार अमेरिकाविरुद्धको खेलमा नेपालले अमेरीकालाई जितको लागी १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टियु क्रिकेट  मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले  निर्धारीत ५० ओभरको खेलमा चार बल बाँकी छँदै सबै विकेट गुमाएर १९० रन बनाएको हो ।

नेपालका लागि कुशल मल्ल र विनोद भण्डारीले अर्धशतक जोडे । कुशलले आफ्नो डेब्यु खेलमै अर्धशतक बनाएका हुन् । उनले ५१ बल सामना गर्दै ४ चौका र तीन छक्का प्रहार गरी अर्धशतक पूरा गरेका हुन् ।
यस्तै यता बिनोद भण्डारीले ५९ रनको महत्वपुर्ण योगदान गरे । ७९ बल सामना गरेका उनले ६ चौका र एक छक्का प्रहार गरे ।
सुवास खकुरेल व्यक्तिगत ३ रन ,ज्ञानेन्द्र मल्ल २१ र पारश खड्का १९,करण केसीले १२ ,आरिफ शेख २ सुशन भारी ११ र अविनाश बोहरालेअविजित ५ रन जोडे । जारी प्रतियोगितामा नेपाल र अमेरिका दुवै पहिलो जितको खोजीमा छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता