नेपाली काँग्रेस धुर्कोट गाउँपालिकाको १४ औं महाधिवेशनको तयारी बैठक सम्पन्न



असोज १९ गुल्मी ।

नेपाली काँग्रेस धुर्कोट गाउँपालिकाको १४ औं महाधिवेशनको तयारी बैठक सम्पन्न भएको छ । आइतबार गाउँपालिकाको केन्द्र बर्बोट सभाहलमा सम्पन्न बैठकमा यहि १९ गते हुने अधिवेशन भव्य र सभ्य रुपमा सफल बनाउनको लागि विभिन्न उपसमिति गठन गरिएको छ ।
जस अन्तर्गत आर्थिक समितिमा नविन जि.सिको सँयोजकत्वमा पदम विष्ट, र रविन्द्र घिमिरे रहनु भएको छ । त्यस्तै साँस्कृतिक समितिमा कमल काउछाको सँयोजकत्वमा ३ सदस्यीय समितिको चयन गरिएको छ ।

भने मञ्च व्यवस्थापन समितिमा लालमणि भण्डारीको सँयोजकत्वमा भोजराज घिमिरे, र बाबुराम भण्डारी सदस्य रहने गरी चयन गरिएको छ । यस्तै सचिवालय समितिमा निर्वाचन अधिकृत यज्ञ गौतम, कृष्ण केसि, देवराज आचार्य , नारायण पाण्डे रहनुभएको छ । भने भान्सा व्यवस्थापन समितिमा रविन्द्र घिमिरेको सँयोजकत्वमा पदम खवास र अर्जुन घिमिरे सदस्य रहने गरी उपसमितिको गठन गरिएको छ ।

धुर्कोट गाउँपालिका सभापति रामप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकमा महासमिति सदस्य छन्दबहादुर पहराई, प्रेमनारायण भण्डारी, महेन्द्र भण्डारी, जिल्ला कार्य समिति सदस्य नविन जि.सि, गोपाल थापा, पदम विष्ट, धुर्कोट गाउँपालिका उपाध्यक्ष शिबबहादुर खत्रि लगायतको आथित्यता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता