नेकपा विरुद्ध खनिए कांग्रेसका गुल्मीका स्थानीय नेतादेखि केन्द्रयी सदस्य भण्डारीसम्म



फागुन ३, गुल्मी ।

नेपाली कांग्रेसले सोमबार गुल्मीमा प्रतिनिधिसभा विघटनका विरुद्ध विरोध प्रर्दशन गरेको छ । गुल्मी सदरमुकाम तम्घासमा आयोजित विरोध सभालाई कांग्रेसका केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारी सहित जिल्ला तहका नेताले सम्बोधन गरेका थिए ।

केन्द्रीय सदस्य भण्डारी सहित जिल्ला तहका नेताहरुले नेकपा र सकारको चर्को आलोचना गरे । सिंगो कम्युनिष्ट आन्दोलन नै जनताको हितमा नभएको उनिहरुको दाबी थियो । झापा विद्रोह तथा तत्कालीन् माओवादीले गरेको जनयुद्धले सोझा जनता मात्रै मारिएको काग्रेंस नेताले दाबी गरेका छन् । त्यस्तै नेकपाको आन्तरिक कलहका कारण संसद विघटन गरेर नेकपाले ‘कु’ गरेको आरोप लगाए ।

केन्द्रीय सदस्य भण्डारीले पनि कांग्रेसले संविधान बनाए पनि जनताले विश्वास नगरेको गुनासो गरे ।

कम्युनिष्टहरुले समस्या सिर्जना गर्न सक्ने समाधान गर्ने नसक्ने तथा अराजकता फैलाउने र विकासको विरोधि भएको आरोप समेत उनले लगाए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता