नेकपा माओवादी केन्द्र धुर्कोट -१ नयाँ गाउँको विस्तारित बैठक सम्पन्न



भदौ २५ गुल्मी ।

नेकपा माओवादी केन्द्र धुर्कोट गाउँ कमिटी वडा नम्बर १ को विस्तारित बैठक सम्पन्न भएको छ । नयाँ गाउँको म्यालडाडामा सम्पन्न बैठकले विभिन्न निर्णय गर्दै आगामी निर्वाचनको बारेमा विभिन्न रणनीति समेत तयार पारेको छ । भने पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज वीर बहादुर कार्की ,जिल्ला संयोजक बुद्धि जिसीले नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिदै अहिलेको समसामयिक राजनीतिक अवस्था बारेमा जानकारी गराएका थिए ।
बैठकका प्रमुख अतिथि समेत रहेका केन्द्रिय सदस्य कार्कीले चुनावी गठबन्धनको आवश्यकताको बारेमा जानकारी गराउदै माओवादीले चुनाव हारे धेरै त्याग तपस्या र बलिदान बाट आर्जित संघीयता ,समानता समावेशीता गुम्ने खतरा रहेको बताउदै माओवादी लगायत गठबन्धन दलले चुनाव जित्न आवश्यक रहेको बताए ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि जिल्ला संयोजक बुद्धि जिसीले धुर्कोटमा स्थानीय चुनावमा भएको तालमेलको बारेमा प्रकाश पारे। साथै संघ प्रदेशमा जसले टिकट पाए पनि गठबन्धनका उम्मेदवारले जित्ने र खुल्ला हृदय बाट चुनाव लड्ने जसले टिकट पाए नि सबै एक ढिक्का भएर सहयोग समर्थन रहने उनले विश्वास समेत व्यक्त गरे ।
आगामी निर्वाचन पछि नेकपा माओवादी केन्द्र देशको पहिलो कम्युनिस्ट पार्टी बन्ने दामी समेत उनको रहेको छ । उनले भने ” हामी काङ्ग्रेसलाई जित्छौ पहिलो पार्टी बन्छौ भन्दैन देशको पहिलो पार्टी काङ्ग्रेस बन्छ हामी समग्रमा दोस्रो र कम्युनिस्ट भित्र पहिलो पार्टी बन्छौ ” ।
त्यस्तै धुर्कोट गाउँ कमिटिका अध्यक्ष गोपाल कुवर र उपाध्यक्ष चेतन कुवरले धुर्कोटको सांगठनिक अबस्थाको बारेमा जानकारी गराउदै नंया गाउँमा माओवादी पार्टी पहिले बन्ने गरि सङठन विस्तारको कामले गति लिएको बताए ।

अनेरास्ववियु क्रान्तिकारी गुल्मीका अध्यक्ष राजन पोख्रेलले विद्यार्थी संगठनको बारेमा जानकारी गराए । पछिल्लो समय सङठनले सुरु गरेको विद्यार्थी सङ अखिल क्रान्तिकारी कार्यक्रमको बारेमा समेत प्रकाश पारेका पार्दै, अखिल क्रान्तिकारी निर्वाचनको तयारी सङै पार्टिका नेतालाई चुनाव जिताउन तयार रहेको उनको तर्क थियो ।

बैठकमा कार्यकर्ताले पार्टीलाई विभिन्न सुझाब दिदै विकास निर्माण तथा अनुदानको बारेमा जिज्ञासा् साथै गुनासा समेत राखेका थिए । साथै निर्वाचनमा उच्च मनोबलका साथ मैदानमा होमिने पार्टीका उम्मेदवारलाई जिताउने र उम्मेदवारले पछी संसद मन्त्री बने पछि सहि र न्यायोचित ढंगले काम गर्नु पर्ने माग समेत राखेका थिए ।
बैठक अखिल नेपाल महिला सङ क्रान्तिकारी धुर्कोट गाउँ कमिटी उपाध्यक्ष बिमला सुनारको स्वागत मनव्य ,वडा नम्बर १ का वडा कमिटीका अध्यक्ष मदन थापाको अध्यक्षता तथा विष्णु बहादुर कडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता