नेकपा माओवादी केन्द्र गुल्मीको बैठक सम्पन्न



माघ ७ गुल्मी ।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति गुल्मीको बैठक सम्पन्न भएको छ । बैठकले चुनावी समीक्षा सहित ,समसामयिक राजनीतिक विषयमा छलफल गर्दै आगामी रणनीतिको बारेमा नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिईएको माओवादी केन्द्र गुल्मीले जानकारी दिएको छ ।

बैठकका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणी खनाल बलदेवले पार्टीको आगामी रणनीतिको बारेमा बताउदै चुनावको नतिजाले आत्तिनु नपर्ने तर सचेत हुनु पर्ने बताए । साथै आफै संगठन बनाउनु पर्ने अर्काले बनाएको संगठन तथा अर्को राजनीतिक दलको आडमा चुनाव लड्ने सपना नदेख्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन ।

त्यस्तै बैठकका विशेष अतिथि तथा लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले जनताले माओवादी पार्टी नभुलेको तर माओवादीलेनै जनतालाई भुल्दै जान थालेको बताए । प्रत्यक्ष निर्वाचन मा कतै गठबन्धनको तालमेल कतै उम्मेदवारको कारणले हारे पनि समानुपातिकमा माओवादीको मत राम्रो आएको नेता बरालले ब्याख्या गरे । साथै पार्टी निर्माणमा सबै तह बाट जुट्नु पर्ने बताउदै पार्टीमा सिनियर जुनियर भन्दा पनि जनताले लोकप्रिय र काम गर्ने मान्छेलाई रोज्न थालेको नेता बरालको भनाई थियो ।

बैठकमा माघ १ गते पोखरामा यति एयरको बिमान दर्घटनामा मृत्यु भएका प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष एंव नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेलको सम्झनामा तस्विरमा फूलमाला लगाई पौडेलको योगदान पार्टी र संगठनमा खेलेको भूमिका महत्वपूर्ण रहेको नेताहरुले बताए ।

बैठकमा क्षेत्र नम्बर १ ,क प्रदेशका तेजेन्द्र सलामी,ख का संयोजक गिता थापा, त्यस्तै २ नम्बर क्षेत्र , प्रदेश ख का इन्चार्ज भुपाल पोख्रेल र क को तर्फ बाट मुसिकोटका नगरपालिकाका अध्यक्ष युवराज खरेलले राजनीतिक रिपोर्ट राखेका थिए।

बैठक नेकपा माओवादी केन्द्र गुल्मीका इन्चार्ज वीर बहादुर कार्कीको अध्यक्षता तथा सचिब अशोक थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता