नेकपा एमाले चन्द्रकोट गाउँपालिकाका सह-इन्चार्ज बोहोरा द्वारा पार्टी परित्याग !



साउन २२ गुल्मी ।

नेकपा एमाले चन्द्रकोट गाउँपालिकाका सह-इन्चार्ज तथा जिल्ला कमिटी सदस्य बाबुराम बोहोरा (बिपिन)ले पार्टी परित्यागको घोषणा गरेका छन ।
सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले पार्टी परित्याग गरेको जानकारी गराएका हुन ।
वर्तमान सरकारले सुरु गरेको भ्रष्टाचार र अनियमितता विरुद्धको कारबाहीमा दृढताका साथ सहयोग, समर्थन गर्नुको सट्टा संसद अबरोध गर्ने ,राजिनामा माग्ने ,मसाल जुलुस निकाल्ने कार्य गरेर सिङ्गो कम्युनिस्ट आन्दोलनलाई कम्जोर बनाउने काम गरेका कारण राजीनामा दिएको उनले उल्लेख गरेका छन् ।
साथै आजैकै दिन देखि जनताको प्यारो पार्टी (नेकपा)
माओवादी केन्द्रमा प्रवेश गरेको उनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख समेत गरेका छन् ।
बोहोरा पुराना माओवादी नेता हुन । दस वर्षे जनयुद्धमा होमिएका उनले २०५६ देखि २०६२/६३ सम्म भुमिगत जीवन समेत बिताएका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता