नागरिकलाई घरदैलोमै सेवा प्रदान गदैं रेसुंगा नगरपालिका



सुर्य सुनार -मंसिर ९ गुल्मी ।

नागरिकलाई घरदैलो मै सेवा पु¥याउने उदेश्यले गुल्मीका स्थानीय तहले घुम्ती शिविर सञ्चालन गर्न थालेका छन् । यसैबिच जिल्लाको रेसुङ्गा नगरपालिकाले नागरिक मैत्री सेवा प्रवाहको अभियान, घुम्ती शिविरबाट बहुसेवा प्रवाह तथा गुनासो व्यवस्थापन’ गर्न एकिकृत घुम्ति शिविर सञ्चालन गरेको छ ।
नगरपालिकाले वडानम्बर–६ मा एकिकृत घुम्ती शिविर सञ्चालन गरी सेवा प्रवाह गरेको हो । नगरपालिकादेखि भुगोलको हिसाबले टाढा रहेका नागरिकहरुको लागि लक्षित गर्दै नागरिक मैत्री सेवा प्रवाहको अभियान अन्तरगत एकिकृत घुम्ति शिविर सञ्चालन गरिएको नगरप्रमुख डिल्लीराज भुसालले बताए ।
शिविरमा स्वास्थ्य जाँच तथा औषधी उपचार, कोभिड खोप वितरण, आँखा जाँच गरिएका, सामाजिक सुरक्षा सेवा अन्र्तगत जेष्ठ नागरिक परिचयपत्र तथा अपांग परिचयपत्र नविकरण तथा वितरण गरिएको थियो ।
कृषि विकासतर्फ माटो परीक्षण, बीउ विजन वितरण गरिएको थियो । एकिकृत घुम्ती शिबिरको उद्घाटन गर्दै रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले नागरिकको घरदैलोमा सरकार आएकाले एकिकृत घुम्ती शिविरबाट अधिकत्तम सेवा लिन आग्रह गरे । नागरिकले नगरसम्म सेवा लिन नसकेकालाई घरमै सेवा प्रवाह गरिएको भुसालले उल्लेख गरे।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले अहिलेको एक्काइसौं शताब्दीमा नागरिक सेवा खोज्दै कार्यालयमा जाने भन्दा पनि कार्यालय नै सेवाग्रहीको घरदैलोमा उपस्थित भएर सेवा दिनुपर्ने बताए । सोही मर्म अनुसार रेसुङ्गा नगरपालिकाले वडातहमै पुगेर एकिकृत घुम्ति शिविरबाट बहुसेवा प्रवाह गरेको उनको तर्क थियो ।
स्थानीय सरकारले गाउँघरमै आएर विभिन्न प्रकारका सेवा दिदाँ स्थानीयहरु खुशी भएका छन् ।
एकिकृत घुम्ति शिविरबाट २ सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ । भने निःशुल्क औषधी पनि वितरण गरिएको थियो । २ सय ९६ जनाको आँखा परीक्षण गरिएको छ ।
जसमा १० जनाको तत्काल नै अप्रेसन गर्नुपर्ने देखिएको छ । माटो परीक्षणका लागि १५५ जना कृषिकहरुले ल्याएको माटो संकलन गरिएको छ । १०५ जना कृषकहरुलाई पशुहरुको औषधी वितरण गरिएको थियो । ४० भन्दा बढी जेष्ठ नागरिक परिचयपत्र तथा ७ वटा अपाङ्गता परिचयपत्र वितरण गरिएको छ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता