नागरिकता प्रती गुल्मेलीको लापरबाही , नागरिकता हराउनेको संख्या बढ्दै



असोज २१ गुल्मी ।

नेपाली नागरिक हो ,भनी राज्यले दिएको प्रमाण पत्रनै नागरिकता हो । राज्यले आफ्ना नागरिक भएको पहिचान गर्ने र हरेक क्षेत्रमा अनिवार्य प्रयोग हुने नागरिकता पहाडी जिल्लामा प्राप्त गर्न केही सहज र पुन: प्रतिलिपि लिन समेत कुनै समस्या हुदैन । जसका कारण पछिल्लो समय नागरिकता हराउने र प्रतिलिपि बनाउनेको संख्या बढदै जान थालेको छ ।

गुल्मीमा नागरिकता नयाँ बनाउने संगै हराउनेको संख्या पनि बढिरहेको छ । नागररिकता जस्तो संवेदनशिल प्रमाणपत्र माथी हेलचक्राई गर्दा हरेक वर्ष चार हजार भन्दा धेरै गुल्लमेलीले नागरिकताको प्रतिलिपि लिई रहेका छन् ।
गुल्मीमा जती नयाँ नागरिकता बन्छन् , त्यसको ३५ प्रतिशत भन्दा धेरै प्रतिलिपि बन्ने गरेको तथाङक रहेको छ । अघिल्लो आर्थीक वर्षमा आठ हजार एक सय ८४ नयाँ नागरिकता बन्दा चार हजार ६ सय १५ प्रतिलिपि बनेका छन् । त्यस्तै यस आर्थीक वर्षको साउन र भदौमा एक हजार तीन सय ८४ नागरिकता बन्दा, ६ सय ६३ जनाले प्रतिलिपि बनाएका छन् ।

नागरिकताको प्रतिलिपि बनाउनेको संख्या बढदै जादा यसले अन्य सेवाग्राही र सेवा दिने कर्मचारीलाई समेत प्रभावीत पारीरहेको छ । भने अर्को तर्फ स्यंयम सेवाग्राहीले पनि झन्झट व्योहोर्नु परेको सेवाग्राही टपली सुनारले गुनासो गरिन ।

अपवादको रुपमा बनाईने प्रतिलिपिलाई नागरिक व्यवास्ता गर्दा पटक पटक जारी गर्नु पर्ने अवस्था सिर्जना भैइरहेको छ । नागरिककै व्यवस्ता कारण प्रतिलिपि बनाउने संख्या अपत्यारिलो रहेको प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले बताए । उनले भने दैनिक ३० वटा भन्दा धेरै प्रतिलिपि जारी हुन्छन् । यो राम्रो पक्ष होइन नागरिकमा लापरबाही देखीयो ।

नागरिकताको प्रतिलिपि लिदा कुनै कानुनी झन्झट व्योहोर्नु नपर्ने, जती पटक लिदा पनि सजिलै पाईने हुदाँ नागरिकले नागरिकतालाई सामान्य कागज सम्झन थालेका छन् ।
राज्यको नागरिक भएको प्रमाण संगै हरेक क्षेत्रमा प्रयोजनमा आउने महत्पुर्ण तथा संदेनशिल कागजात लाई गुल्मेलीले हिफाजत संग राख्न नसक्नु दुखद विषय हो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता