धुर्कोटमा घर बीमा कार्यक्रम सुरु, (यस्ता छन् बीमाका फाईदा)



साउन २३ गुल्मी ।

गुल्मीको धुर्कोट गाउँपालिकाले कच्ची आवासीय घरहरुलाई लक्षित गरेर बीमा योजना ल्याएको छ । गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै कच्ची घरहरुले २ सय २५ रुपैयाँमा बीमा गर्नसक्ने जनाएको छ ।

सूचनाअनुसार गाउँपालिका क्षेत्रभित्र रहेका कच्ची घरको अधिकतम बिमांक ५ लाख रुपैयाँसम्म रहेको छ । बीमा शुल्क २ सय २५ रुपैयाँ कायम गरिएको छ । उक्त बीमा शुल्क गाउँपालिका र घरधनीले ५०/५० प्रतिशत बेहोर्ने छ ।

गाउँपालिका अध्यक्ष भुपाल पोखरेलका अनुसार आगलागी, बाढीपहिरो, चट्याङ, विष्फोट, आकाशजन्य, हुलदंगा हड्ताजन्य घटनाहरुबाट क्षति पुग्ने घरका लागि अधिकतम ५ लाखको बीमा कार्यक्रम ल्याइएको हो । कच्ची घरहरुमा क्षति पुग्दा स्थानीयवासीलाई राहत पुगोस् भनेर यस्तो योजना अगाडि सारिएको उनले बताए ।

गाउँपालिकाले सूचना निकालेर इच्छुक बीमा कम्पनीहरुलाई बीमा योजना कार्यक्रममा सहभागी हुन आवेदन दिन अनुरोध गरेको थियो । सोही सूचना अनुसार ४/५ वटा कम्पनीहरुको निवदेन परेको थियो । जसमध्ये सबैभन्दा कममा बीमा गर्न तयार शिखर इन्स्योरेन्ससँग गाउँपालिकाले सम्झौता गरेको उनले बताए । सम्झौता अनुसार कच्ची घरधनीहरु यो कार्यक्रममा सहभागी हुन सक्ने उनले बताए ।

स्रोत अन्लाईन खबर

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता