धुर्कोटमा एमाले-माओवादी तालमेल हुनु सुखद् : एमाले सचिव विष्ट



हुमाकान्त पोखरेल, गुल्मी
२५ वैशाख ।

नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री गोकर्ण विष्टले धुर्कोट गाउँपालिकामा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल हुनु सुखद् बिषय भएको बताएका छन् । आइतबार गाउँपालिकाको वडा नम्बर ४ जैसिथोकमा चुनावी सभालाई सम्बोधन गर्दै नेता विष्टले धुर्कोटले सिङ्गो देशलाई फरक सन्देश दिएको बताए । देशभर काँग्रेस( माओवादी लगायत पाँच दलीय गठबन्धन भइरहेका बेला धुर्कोटमा एमाले-माओवादी तालमेल हुनुले देशकै कम्युनिष्ट नेताहरूलाई एकता गर्नेतर्फ ध्यानाकर्षण गराएको बताए ।

केन्द्रबाट गठबन्धनको नाममा जबरजस्ती एकैठाउँ राख्न खोजिएको छ, जुन अपवित्र छ ।”विष्टले भने, ञधुर्कोटले एकताको सन्देश दिएको छ ।झ कम्युनिष्टकै नेतृत्व भएको बेला नेपालकै तेस्रो र लुम्बिनी प्रदेशको पहिलो स्थानमा आउनु सुखद् बिषय भएकाले अब पहिलो स्थानमा आउनेगरी काम गर्नुपर्ने बताए । गाउँपालिकामा एमाले – माओवादी तालमेलबाट माओवादी केन्द्रका भुपाल पोखरेल अध्यक्ष एवम् एमालेका सीता गिरी उपाध्यक्षका उम्मेदवार छन् । बाम गठबन्धनले आज वडा नम्बर ३ हाडहाडेमा पनि चुनावी सभा गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता