देउसी भैलो बाट जुटेको रकम ,जेहेन्दार तथा गरिब विद्यार्थी लाई हस्तान्तरण !



डिबि खड्का,कात्तिक १९ गुल्मी ।

गुल्मीमा नेपाल मगर विद्यार्थी सङ्घले एक उदाहरणीय कार्य गरेको छ । तिहारमा देउसी भैलो बाट जुटेको रकम जिल्लाको रेसुङगा नगरपालिका वडा नम्बर आठ मा रहेको सिद्धबावा माध्यमिक विद्यालयमा अध्ययनरत २० जना छात्रछात्रा लाई शैक्षिक सामग्री तथा स्विटर वितरण गरिएको नेपाल मगर विद्यार्थी सङ गुल्मीका कार्यवाहक अध्यक्ष कमल काउछा मगरले बताए ।

करिब २० हजार रकम बराबरको शैक्षिक सामग्री तथा स्विटर प्रदान गरिएको नेपाल मगर विद्यार्थी सङ्घ गुल्मीले जनाएको छ । साथै आगमी दिनमा समेत यस्ता सहयोगका कार्यक्रमलाई निरन्तरता दिने बताइएको छ ।

यता विद्यालयका प्रधानाध्यापक डोर विक्रम श्रिसले शैक्षिक सामग्री तथा स्विटर वितरण कार्य निकै उदाहरणीय रहेको बताएका छन् । भैलो बाट जुटेको रकम वनभोज जाने प्रचलन लाई उनीहरूले तोडेको बताउँदै उनले सम्पूर्ण विधार्थी हरू लाई धन्यवाद ज्ञापन समेत गरेका छ्न ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता