तीन महिना पछि उड्यो रेसुङ्गा बिमान स्थल बाट जहाज !



गुल्मी, भदाै २९ ।

रेसुङ्गा विमानस्थलबाट तीन महिनापछि नियमित उडान सुरु भएको छ । माैसम खराबीले उडान भर्न नसकेको नेपाल एयरलाइन्सले आज शुक्रबार देखि उडान सुरु गरेको हो ।

माैसम सफा भएपछि कम यात्रु हुँदा पनि रेसुङ्गा विमानस्थल जहाज अवतरण गरेको नेपाल एयरलाइन्सका रेसुङ्गा स्टेशन इञ्चार्ज सुमन सिंह थापाले जानकारी दिए । उनका अनुसार, काठमाडौंबाट रेसुङ्गाकाे लागि ११ जना यात्रु थिए । भने रेसुङ्गाबाट काठमाडौंका लागि मात्रै तीन जना यात्रु थिए ।

माैसम खराबीका कारण ६ असार २०८० मा आएको जहाज लगातार तीन महिना आउन सकेको थिए । अब नियमित उडान हुने नेपाल एयरलाइन्सका रेसुङ्गा स्टेसन इञ्चार्ज थापाले बताए ।

काठमाडौं-रेसुङ्गा बिहान ६:३० बजे र रेसुङ्गा-काठमाडौं ७:४० बजे उडान हुने गरेकाे छ । हरेक शुक्रबार उडान हुने यस विमानस्थलमा एकतर्फी भाडा छ हजार तीन सय रहेकाे छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता