तम्घासमा २ दिने नि :शुल्क आँखा शिविर सञ्चालन



गोकर्ण पाण्डे

फागुन २७  गुल्मी ।  जिल्लाको सदमुकाम तम्घासमा रहेको आखाँ उपचार केन्द्र मा २ दिने नि शुल्क आखाँ शिविर सम्पन्न भएको छ। डाक फाउण्डेनको सहयोग तथा नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीको आयोजनामा बिहीबार र शुक्रबार सञ्चालन भएको शिविर बाट चार सय जनाले आखाँ उपचार गराएको आखाँ उपचार केन्द्र गुल्मीका प्रमुख सुर्य बहादुर बस्नेत ले जानकारी दिए।

 एक सय जनाको मोतिबिन्दुको अपरेसन भएको छ ।  शिविर मा ३ महिना देखि ९१ बर्ष सम्मका व्यक्ति हरुले सेवा लिएका थिए। आखाँ अपरेसन गरेरआखाँ  देख्ने बनाएको मा सेवाग्राही हरुले डाक फाउन्डेसन लाई धन्यवाद पनि दिए। पैसा नभएर अपरेसन गर्ने नपाएर बसेका मानिस हरु अपरेसन गर्न पाउँदा खुसि भएका छन्
आखाँ उपचार गर्ने गुल्मी,बाग्लुङ र अर्घाखाँची बाट आएको आखाँ उपचार केन्द्र का प्रमुख सुर्य बहादुर बस्नेत ले जानकारी दिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता