टोपबहादुरको क्षेत्रमा स्वतन्त्रबाट दुर्गा बन्‍जाडेको दाबी !



असार ९ गुल्मी ।

पछिल्लो समय स्वतन्त्र उम्मेदवारहरुको लहर चलिरहेको छ। आसन्‍न प्रतिनिधि सभा निर्वाचनमा अर्घाखाँचीमा कलाकार दुर्गा बन्जाडेले स्वतन्त्र उम्मेदवार बन्‍ने दाबी गरेका छन्।

अर्घाखाँचीको मालारानी गाउँपालि -२ का बन्जाडेले भद्रगोल, गोलमाल, ख्यालठट्टालगायत टेलिसिरियलहरुमा अभिनय गरेका छन्। मसला व्यवसायसमेत सञ्‍चालन गरिरहेका बन्जाडेले अहिले जनताले नयाँ पुस्ता खोजि गरिरहेको भन्दै आफ्नो उम्मेदवारी दिने बताएका छन्।

अर्घाखाँची टोप बहादुर रायमाझीको पकड जिल्ला हो। एक निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट रायमाझीले जितेका थिए। अहिले उनी नेकपा एमालेमा प्रवेश गरेका छन्।

उनले अब आफ्नो माटोका लागि केही गर्ने सोंचका साथ उम्मेदवारी दिन लागेकव बताएका छन्।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता