जैसिथोकमा एमालेका अधिकाशं नेता समाजवादीमा !



गुल्मी, १४ कात्तिक
धुर्कोट गाउँपालिका –४ जैसिथोकमा नेकपा एमालेका अधिकाशं नेताहरु नेकपा समाजवादीमा आवद्ध भएका छन् । नेकपा एमाले जैसिथोकका पूर्व अध्यक्ष पूर्णप्रसाद पोखरेल, एमाले नेता कृष्ण प्रसाद पोखरेल, कमल कुँवर ९तुल्सिराम०, कमल पोखरेल लगायतका एक दर्जनभन्दा बढी नेता तथा कार्यक्रता एकीकृत समाजवादीमा आवद्ध भएको सोही पार्टीका गुल्मी जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य प्रमेश पोखरेलले जानकारी दिए । नेता पूर्ण प्रसाद एमालेको तर्फबाट ०७४ सालको निर्वाचनमा वडाध्यक्षका उम्मेदवार समेत थिए ।

उनी र कृष्ण प्रसाद एमालेभित्र पाका नेताका रुपमा चिनिन्थे । त्यस्तै युवा नेता कमल ९तुल्सिराम० कुँवर ले नेकपा एकीकृत समाजवादीको वडा कमिटीको अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । यो सँगै मंसिर –४ को निर्वाचनमा गठबन्धनले भारी मतले अग्रता लिने देखिएको छ । निर्वाचनको लागि जैसिथोकका निर्वतमान वडाध्यक्ष मान बहादुर कुँवर समेत गठबन्धनमै आवद्ध भएर लागेका छन् । पछिल्लो समय गुल्मी –२ मा गठबन्धनमा लहर देखिएको छ । गठबन्धनबाट एकीकृत समाजवादीका रामकुमारी झाँक्री प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार छिन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता